Ntc summer Offer
Khabar Dabali ३० बैशाख २०८१ आईतवार | 12th May, 2024 Sun
NIMB

ड्रोनको प्रयोग गरेर पहिरोको अध्ययन

म्याग्दी । पहिरोको जोखिम अध्ययनका लागि म्याग्दीको धवलागिरि गाउँपालिकामा ड्रोनको प्रयोग गरिएको छ । नेपाल प्रहरीको विपद् व्यवस्थापन गुल्म बागलुङबाट आएको टोलीले पहिरोको जोखिमयुक्त बस्तीमा स्थलगत निरीक्षणका साथै आकाशमा ड्रोन उडाएर दृश्य र तस्वीर सङ्कलन गरेको हो ।

असार ३० गते प्रहरी निरीक्षक सागर रानाको नेतृत्वमा पहिरो प्रभावित क्षेत्रमा गएको बागलुङका सात र गण्डकी प्रदेश प्रहरी कार्यालयको तीन जनाको टोलीले धारापानी, ताकम, काफलडाँडा र कल्लेनीमा पहिरोको अध्ययन गरेको हो । जमीन धाँजा फाटेर पहिरो जान लागेको र गइसकेको ठाउँमा पुगेर अध्ययन गरेको थियो । धेरै भूगोल र पहिराले असर पार्न सक्ने क्षेत्रको दृश्य तथा तस्वीर देखिने भएकाले तस्वीर तथा दृश्य सङ्कलनमा ड्रोन क्यामेराको प्रयोग गरेको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताए ।

गाउँपालिकाको अनुरोध र विपद् व्यवस्थापन समितिको योजनाअनुसार ड्रोनबाट तस्वीर र दृश्य सङ्कलनका लागि बेनीको नमस्ते म्याग्दी डिजिटल कलर ल्याबका कृष्णराज पौडेल पहिरो प्रभावित क्षेत्रमा गएका थिए । टोली शनिबार फर्किएको छ । विपद् व्यवस्थापनमा खटिने नेपाल प्रहरीको सो टोलीमा विपद्सम्बन्धी तालिमप्राप्त अनुभवी जनशक्ति छन् । उनीहरुले कल्लेनीको पहिरोमा बेपत्ता दुईको दुई दिनसम्म खोजी गरे पनि फेला पार्न सकेनन् ।

मानवीय क्षति नभए पनि धारापानी, ताकम, आटेवीर र काफलडाँडामा करिब २५० घरधुरी र मालिका गाउँपालिकाको देवीस्थानमा ९० घरधुरी पहिरोको उच्च जोखिममा छन् । जमीन धाँजा फाटेर घर भत्किने, पर्खाल चिरा पर्न थालेपछि स्थानीयवासी आफन्त, सामुदायिक भवन र खाली भएका घरमा बसेका छन् । गत असार २५ गतेको पहिरोका कारण धवलागिरि गाउँपालिकाको मराङ, मालिकाको बिम र रघुगङ्गाको ठाडाखानीमा २८ जनाको ज्यान गएको छ । तीन जना अझै बेपत्ता छन् । पहिरोका कारण ९२ घरमा पूर्ण, ४४ घरमा आंशिकरूपमा क्षति पुगेको छ । ६०६ पूर्ण र २०४ जना आंशिकरूपमा प्रभावित भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

दरवाङबाट ताकम, बिम र मराङ जोड्ने सडक अवरुद्ध भएको छ । ताकम धारापानी हुँदै दरवाङ जोड्ने सडक मर्मत अन्तिम चरणमा पुगेको छ । दरवाङबाट बिम हँुदै मराङ जोड्ने सडक मर्मत पनि भइरहेको छ । सडक, विद्युत्, सञ्चारसेवा अवरुद्ध हुँदा पहिरोपीडितलाई राहत, व्यवस्थापन र पुर्नवासका काममा अप्ठ्यारो भएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies