म्याग्दी । म्याग्दीको धौलागिरि र मालिका गाउँपालिकाका पहिरो प्रभावितका लागि सङ्कलित राहत सामग्री सदरमुकाम बेनीमा थन्किएको छ । पहिरो गएको एक हप्तासम्म पनि पर्याप्त राहत सामग्री ढुवानी हुन नसक्दा पीडितको दैनिकी कष्टकर बनेको छ ।
पहिरोबाट आफन्त, घरबास, बस्तुभाउ र जग्गाजमिन गुमाएका पीडितको तथ्याङ्क सङ्कलन, वर्गीकरण र बसोबास व्यवस्थापनमा ढिलाइ भएको छ । राहत वितरण व्यवस्थित नहुँदा एकरुपता हुन सकेको छैन । दैनिकजसो हेलिकप्टर उडे पनि खाद्यान्न, लत्ताकपडा, खानेपानीको पाइपलगायत सामग्री ढुवानी नभएकाले पहिरो पीडित समस्यामा परेका मालिका–७ बाइन्दफाँटका खिमन जुग्जालीले बताए ।
पहिरोले घर भत्काएपछि बिमका विभिन्न ठाउँका ६२ परिवारका २८४ जना बसेको मालिका आधारभूतको अस्थायी शिविरमा खाद्यान्न, लत्ताकपडा, सरसफाइ र खानेपानीको अभाव छ । दैनिकजसो हेलिकप्टर उडे पनि अति आवश्यक राहत सामग्री नपाएको बिमका पहिरो पीडित राजमान दर्जीले बताए ।
बिमको दुले, तल्लो गाउँ र नौरुमा गत शुक्रबार बिहानको पहिरोले आठ जनाको मृत्यु भएको थियो । एक जना घाइते भएका थिए । हेलिकप्टरमा आउनेले धौलागिरि गाउँपालिकाको मराङ र शिवाङमा मात्र पुगेर विभेदपूर्ण व्यवहार गरेको बिमका पहिरो पीडितले गुनासो गरेका छन् । मुख्यमन्त्री र मन्त्री आएको सेनाको हेलिकप्टरमा बिहीबार बेनीबाट राहत सामग्री पठाउन सङ्घीय सांसद भूपेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले तयारी गरेका थिए । मन्त्रीहरु पीडितसँगको कुराकानी र स्थलगत निरीक्षण गर्ने खाली समयमा हेलिकप्टरबाट बेनीबाट बाइन्दफाँट, आरबाङ, राम्चे, शिवाङ र धारापानीमा राहत सामग्री पठाउन अर्थुङ्गेस्थित ब्यारेकमा सामान लगेर राखिएको थियो ।
“सडक अवरुद्ध भएका कारणले स्थलगतरुपमा तत्कालै अतिआवश्यक सामान हेलिकप्टरबाट पठाउन तयारी गरेका थियौँ”, प्रजिअ ढकालले भने “सामान ढुवानी नगरी सेनाको हेलिकप्टर फर्कियो । हाम्रो मेहनत खेर गयो । बेनीमा सामान भएर पनि पीडितसमक्ष पु¥याउन नसक्दा दुःखित भएका छौँ ।” दैनिकजसो हेलिकप्टर चडेर पहिरो प्रभावित क्षेत्रमा जाने होडबाजीले राहत सामग्री ढुवानी प्रभावित भएको छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित पहिरोबाट अति प्रभावित बिम, मराङ, ताकम र देवीस्थान जोड्ने सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध भएको छ । दर्जनौं ठाउँमा पहिरो गएकाले पहिरोमा बेपत्ताको खोजीमा सुरक्षाकर्मीसमेत एक दिनपछि पुगेका थिए ।
सडक नभएकै कारण दाताले पीडितका लागि दिएको राहत सामग्री बेनीको जिसस भवनमा बनाइएको गोदाममा थन्किएको प्रतिनिधिसभा सदस्य भूपेन्द्र थापाले बताए। धेरै जना एकै ठाउँमा बसेका र बसोबास व्यवस्थित नभएको तथा खानेपानी आयोजनामा क्षति पुगेका कारणले दूषित पानीका कारण लाग्ने रोगको जोखिम छ । धवलागिरी गाउपालिका–६ मराङको कल्लेनी, दमका, राम्चे र रिखामा १९ जनाको मृत्यु भएको थियो । पहिरोमा पुरिएका कल्लेनीका दुई जना अझै बेपत्ता छन् । मराङका ७२ घरमा पूर्ण क्षति हुँदा ५१५ जना विस्थापित भएका छन् । पहिरोबाट घरबास गुमाएका र जोखिममा रहेकालाई सामुदायिक विद्यालयमा राखिएको छ ।
सामाजिक विकासमन्त्री नरदेवी पुनले समन्वयमा कमजोरी हुँदा बेनीबाट बिहीबार पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानी गर्न नसकेको स्वीकार गरे। आन्तरिक मामिला तथा कानून मन्त्रालयले सेनाको हेलिकप्टरलाई एक पटक मात्र उडान गर्न सिफारिस गरेकाले चाहेर पनि सामग्री लैजान नसकेको बताए । आज हेलि मगाएर ढुवानी गर्न पहल गरेको मन्त्री पुनले बताए। राहत र पहिरो पीडितको व्यवस्थापनको कामलाई सहजा बनाउन दरवाङदेखि ताकम हुँदै मुना र बिम हुँदै मराङ जोड्ने मर्मतको लागि जिल्ला समन्वय समितिले रु एक करोड विनियोजन गरेको प्रमुख देवेन्द्र केसीले बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: