Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

जुम्लामा कुपोषण दर घट्दो क्रममा

जुम्ला । जुम्लामा कुपोषण दर घट्दो क्रममा रहेको छ । स्वास्थ्य कार्यालय जुम्लाको पाँच वर्षको तथ्याङ्कलाई हेर्ने भने कुपोषण घर घट्दो क्रममा रहेको हो । विसं २०७२ मा एक वर्षमुनिका बालबालिका १० दशमलव छ प्रतिशत, एक वर्षदेखि दुई वर्षमुनिका १५ दशमलव चार प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका १२ दशमलव सात प्रतिशत कुपोषित रहेका थिए ।

त्यसैगरी विसं २०७३ मा एक वर्षमुनिका बालबालिका १२ दशमलव छ प्रतिशत, एक वर्षदेखि दुई वर्षमुनिका १२ दशमलव चार प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका १२ दशमलव छ प्रतिशत कुपोषित थिए । विसं २०७४ मा एक वर्षमुनिका बालबालिका १० दशमलव नौ प्रतिशत, एक वर्षदेखि दुई वर्षमुनिका १२ दशमलव सात प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका ११ दशमलव नौ प्रतिशत कुपोषित रहेका थिए ।

यस्तै विसं २०७५ मा एक वर्षमुनिका बालबालिका सात दशमलव दुई प्रतिशत, एक वर्षदेखि दुई वर्षमुनिका १० दशमलव आठ प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका नौ प्रतिशत कुपोषित रहेका थिए । विसं २०७६ मा एक वर्षमुनिका बालबालिका तीन दशमलव सात प्रतिशत, एक वर्षदेखि दुई वर्षमुनिका सात दशमलव आठ प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका पाँच दशमलव सात प्रतिशत कुपोषित रहेका छन् ।

विसं २०७२ मा ६५, २०७३ मा १४८, २०७४ मा २९२, २०७५ मा १११ र २०७६ मा ८३ जना कुपोषित बालबालिकालाई स्वास्थ्य संस्थामै भर्ना गरी उपचार गरिएको जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले बताए । उनल भने, “यस वर्षको तथ्याङ्क आउन बाँकी छ ।” यहाँको महिला तथा बालबालिकाको कुपोषण न्यूनीकरण गरी पोषणयुक्त बनाउनका लागि नेपाल सरकार, कर्णाली प्रदेश सरकार र विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमको प्राविधिक सहयोग भने मनहरी विकास संस्था (एमडिआई) नेपालले गरेको जनस्वास्थ्य प्रमुख सापकोटाले बताए । कार्यक्रमको प्रमुख लक्ष्य भनेकै आमा तथा बाल स्वाथ्य र पोषणमा सुधार ल्याउने रहेको छ । यहाँका एक नगरपालिका र सात गाउँपालिकामा रहेका आमा र बच्चालाई सर्वोत्तम पिठो पोषणयुक्त खाना उपलब्ध गराउँदै आएको छ ।

तातोपानी गाउँपालिका–५ लाम्रागाउँकी सरिता चौलागाईँले गर्भवती, सुत्केरी महिला र बच्चालाई वितरण गरिँदै आएको पोषणयुक्त आहार ९सर्वोत्तम पिठो०ले पोषणमा सुधार हुँदै आएको बताए । उनले भने, “लकडाउनमा पनि नियमित वितरण हँुदै आएकाले आमा र बच्चालाई सहज भएको छ ।” यो खाना आमा र बच्चा दुवैले रुचाएर खाने गरेका छन् । त्यसैगरी पातारासी गाउँपालिका–३ चौरगाउँकी पन्नी रावलका अनुसार कोरोना भाइरसले लकडाउन भएपछि प्रभावित भएका आमा र बच्चालाई सर्वोत्तम पिठो वितरण गर्दा राहत भएको छ । यसले पोषण सुधार गर्नका साथै भोकमरीबाट पनि बचाएको उनले बताए ।

एमडिआइ नेपाल जुम्लाका प्रमुख नवीन रावलका अनुसार गर्भवती तथा सुत्केरी आमा र सुनौला हजार दिनभित्रका बालबालिकाको पोषण सुधार गर्नका लागि आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रम सञ्चालनमा रहेको छ । सन् २०१४ देखि जुम्लामा सञ्चालित कार्यक्रमले प्रतिमहिना पोषणयुक्त आहारा उपलब्ध गराउने र तौल लिने काम गर्दै आएको उनले बताए । त्यसैगरी पोषण र स्वास्थ्यसम्बन्धी परामर्श गर्ने गरिएको छ । दुई हजार ७४६ सुत्केरी, गर्भवती र चार हजार ५७ बालबालिका गरी छ हजार ८०३ जनालाई २० हजार ४०९ मेट्रिक टन पोषणयुक्त आहार ९पोषिलो लिटो० वितरण गर्दै आएको प्रमुख रावलले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies