Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

रानीघाटमा २ करोड ८२ लाख लागतमा प्रहरी चौकी निर्माण

सुर्खेत । बराहताल गाउँपालिका–२ सुर्खेत रानीघाटमा रु दुई करोड ८२ लाख लागतमा प्रहरी चौकी निर्माण भएको छ । युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसको आर्थिक सहयोगमा प्रहरी चौकी निर्माण भएको हो । वि सं. २०७५ कार्तिक २६ गतेबाट निर्माण कार्य शुरु भई हालै सम्पन्न नवनिर्मित प्रहरी चौकीको उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्तले नवनिर्मित प्रहरी भवनलाई आफ्नै सम्पतिका रूपमा जगेर्ना गर्न गाउँपालिका र नागरिक समाजलाई अनुरोध गरे ।

“प्रहरी जनशक्ति अपुग छ । त्यसका लागि हामी छिट्टै व्यवस्थापन गर्छौँ,” उनले भने । नवनिर्मित भवनलाई आफ्नै हो भनी आवश्यक मर्मत सम्भार गर्न र नागरिकहरुको शान्ति सुरक्षामा कटिबद्ध हुन प्रहरी नायब महानिरीक्षक पन्तले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए । जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले प्रहरी चौकी निर्माण हुनुले यहाँका नागरिकहरुको शान्ति सुरक्षामा टेवा पुग्ने बताए ।

बराहाताल– २का वडाध्यक्ष यौवराज कार्कीले समाजमा बढ्दै गएको आपराधिक गतिविधिका लागि कानून आवश्यक हुने बताउँदै अनुशासित नागरिकहरुको सुरक्षा र गलत आचरण भएकाहरुलाई नियन्त्रण राख्ने सरकारको सुरक्षा सेवा एकाई (प्रहरी चौकी) गाउँमा निर्माण हुनुले खुशी तुल्याएको विचार व्यक्त गरे । युनाईटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसका इञ्जिनीयर अनुज पाण्डेले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies