हेटौँडा । अविरल आएको वर्षाले भीमफेदी–कुलेखानी सडकखण्डको देउराली–गढी र सिमखोलामा गएको पहिरो पन्छाई भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जोड्ने फाखेल सडकखण्डमा आज बिहानदेखि यातायात सेवा सञ्चालनमा ल्याएको भीमफेदी इलाका प्रहरी कार्यालयले जनाएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने सिस्नेरीदेखि दक्षिणकालिकासम्मको सडकखण्डमा गएको पहिराहरु पन्छाई भोलि साँझ सम्ममा भीमफेदी काठमाडौँतर्फको यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
सो मन्त्रालयद्वारा भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने साढे १५ मिटर सडक विस्तार गर्ने क्रममा सम्बन्धित निर्माण व्यवसायीहरुले निर्माण कार्य सञ्चालन गरिरहेकाले वर्षात्को पानी अवरुद्ध हुने गरेकाले आगामी केही हप्तासम्मका लागि सबै प्रकारको सार्वजनिक सवारी सञ्चालनमा रोक लगाएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले बताए।
हेटौँडाबाट काठमाडौँतर्फ जाने सबै प्रकारको सवारीसाधनलाई आवश्यकता हेरी त्रिभुवन राजपथको बाइरोडबाट पठाउने गरिएको र अत्यावश्यक मोटरसाइकल र जीपहरुलाई भीमफेदी कुलेखानीतर्फ पठाउने गरिएको भैँसे प्रहरी चौकीका इन्चार्ज सई कुलबहादुर श्रेष्ठले जानकारी दिए। यसैगरी हेटौँडाबाट ललितपुरको सातदोबाटो जोड्ने करीब ९० किलोमिटर सडकको विभिन्न स्थानमा गएको पहिरो पन्छाउन र बाइपास सडक निर्माण गरी सञ्चालनमा ल्याउन करीब एक महिनाको समय लाग्ने भएको प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले जनाएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: