घोडाघोडी । स्थायित्व एकता कायम गर्दै समृद्धितर्फ अघि बढ्न नेकपा सुदूरपश्चिमका नेता तथा सांसदले नेतृत्वलाई आग्रह गरेका छन् । पछिल्लो समय पार्टीमा देखिएको विवाद समाधानमा दुवै अध्यक्षले आवश्यक छलफल गरेर समाधान निकाल्नुपर्ने नेकपाका पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले बताएका छन् ।
अध्यक्ष थापाले जनताको अभिमतको कदर गर्दै नेतृत्वले स्थायित्व तथा एकतालाई कायम राख्दै समृद्धिका बाटामा अघि बढ्नाको विकल्प नरहेकाले पार्टी नेतृत्वबीचको विवादको समाधान संवादबाट खोज्नु नै उत्तम विकल्प रहेको बताए । पार्टीमा देखिएको विवादका कारण युगौँदेखिको त्याग र बलिदानीबाट प्राप्त उपलब्धि नै गम्भीर खतरामा पर्न सक्ने अवस्थालाई ध्यानमा राखी पार्टी र सरकारलाई थप एकताबद्ध बनाएर प्राप्त उपलब्धिको रक्षा गर्नु अहिलेको मुख्य आवश्यकता भएकाले पार्टीको नेतृत्व तहमा रहेका नेताहरूले गम्भीर समीक्षा र छलफलबाट विवादलाई अन्त्य गर्नुपर्नेमा थापाले जोड दिए ।
प्रधानमन्त्रीको अडान र दृढ सङ्कल्पका कारण वर्षौँदेखि मिचिएका कालापानी, लिम्पियाधुरा तथा लिपुलेकलाई समेटेर नयाँ नक्शा जारी गर्ने क्रममा देखिएको राष्ट्रिय एकताका कारण प्रतिगामी तत्व आत्तिएका छन् भन्दै अध्यक्ष थापाले यस्तो अवस्थामा सबै दललाई एकताबद्ध बनाएर समृद्धिको यात्रामा हिँड्नुपर्नेमा नेकपा आफैँ विवादमा अल्झिनु जनादेश विपरीत हुने भएकाले आफूहरूले नेतृत्वलाई एकताबद्ध भएर अघि बढ्न सुझाव दिएको बताए ।
नेकपा सुदूरपश्चिम प्रदेश कमिटीका सचिव नेपबहादुर चौधरीले पनि पार्टी एकतामा खलल पुग्ने कुनै पनि किसिमका निर्णय नगर्न नेतृत्वलाई आग्रह गरेका छन् । उनले जनभावनानुसार पार्टी एकता र स्थायित्व कायम गर्दै जनताको चाहनानुसारको काम गर्नुपर्ने समयमा पार्टीमा देखिएको विवादले कार्यकर्ता र जनतालाई दुःखी तुल्याएको बताउँदै एकता कायम गरेर अघि बढ्नुबाहेक नेतृत्वसँग अरू विकल्प नभएको बताए । सचिव चौधरीलेनेपालका दुई ठूला कम्युनिष्ट पार्टीको एकताले लामो समयको अस्थिरताबाट मुक्त भइने जनताको आशामाथि भरोसा कायम राख्दै अघि बढ्नुपर्ने बताए ।
सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपाका ३६ प्रदेशसभा सदस्यले संसदीय दलको बैठकबाटै हस्ताक्षरसहित केही दिनअघि पार्टी एकता र स्थायित्व कायम गर्नुपर्ने जनाउँदै नेतृत्वलाई अनुरोध गरेका छन् । नेतृत्वलाई एकता कायम गर्दै लामो समयको त्याग र बलिदानीबाट प्राप्त उपलब्धिको रक्षा तथा पार्टी एकता कायम राख्न आग्रह गरिएको थियो ।
पछिल्लो समय नेकपाको केन्द्रमा देखिएको विवाद कार्यकर्ता स्तरसम्म पुगेको र देशका विभिन्न स्थानमा पार्टी एकता कायम राख्दै स्थायी सरकार सञ्चालनका लागि विभिन्न र्याली भइरहेका सन्दर्भमा पार्टी नेतृत्वले कार्यकर्ता तथा जनताको अभिमतको कदर गर्दै अघि बढ्नुपर्ने नेकपा कैलालीका अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापाले बताए । अहिले सरकार परिवर्तन र पार्टीमा विवाद गर्ने उपयुक्त समय नभएको जनाउँदै यसतर्फ पार्टी नेतृत्वले ध्यान दिनुपर्नेमा थापाले जोड दिए । त्यस्तै सुदूरपश्चिम प्रदेशसभाका सदस्य अमरबहादुर साउद पनि अहिले विवाद र असहमतिभन्दा संवाद र सहकार्यबाट एकता जोगाई अघि बढ्नुपर्ने बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: