Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

सुदूरपश्चिममा दुई प्रतिशत सङ्क्रमित मात्रै आइसोलेशनमा

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहु बढ्दै गइरहेको भए पनि यहाँ सङ्क्रमितको व्यवस्थापन र सुरक्षा सर्तकतामा ध्यान पुर्याइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार साँझसम्म सुदूरपश्चिमका नौ वटै जिल्लामा गरी सङ्क्रमितको सङ्ख्या तीन हजार ७१७ पुगेको छ । यहाँ स्वास्थ्य समस्या र रोगको लक्षण देखिएपछि मात्रै सङ्क्रमितलाई अस्पतालमा स्थापना गरिएका आइसोलेशन कक्षमा राखेर उपचार गरिने नीति अवलम्बन गरिँदा झण्डै ९७. ७१ प्रतिशत सङ्क्रमित क्वारेन्टाइन र घरमै बसिरहेका छन् ।

बुधबारसम्म निर्देशनालयको तथ्याङ्क हेर्दा यहाँ २.२८ प्रतिशत सङ्क्रमितको मात्रै यहाँका आइसोलेशन कक्षमा उपचार भइरहेको छ । त्यसैगरी सङ्क्रमणको आशङ्कामा रहेका १५ जनाको आइसोलेशनमा उपचार भइरहेको छ । यता स्थानीयवासी भने सङ्क्रमितलाई आइसोलेशनमा नराखेर घर पठाउँदा समुदायमा सङ्क्रमण फैलिने भन्दै त्रासमा छन् ।

“भारतबाट आएकालाई यहाँ क्वारेन्टिनमा राखियो,” कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का व्यवसायी सुरेन्द्र बमले भने, “सङ्क्रमण पुष्टि भएकालाई घर पठाउँदा समुदायमा सङ्क्रमणको सम्भावना धेरै भयो ।” उनले सङ्क्रमितलाई होम क्वारेन्टिनमा बस्न भनिएपनि बसाइ सुरक्षित नभएको बताए ।

“सङ्क्रमण पुष्टि भएकालाई सार्वजनिक ठाउँमा क्वारेन्टिन बनाएर राख्न पाए हुन्थ्यो,” उनले भने, “अहिले बाणी क्षेत्रमा मात्रै सय भन्दा बढी सङ्क्रमित घरमा हुँदा सङ्क्रमणको त्रास बढेको छ ।” उनले भारतबाट आउनेलाई क्वारेन्टिनमा राख्ने र सङ्क्रमितलाई घरमा बसाउने काम गलत भएको बताए । सुदूरपश्चिम प्रदेशको धनगढी, डडेल्धुराबाट हाल पीसीआर विधिबाट कोरोना परीक्षण हुनुका साथै सुर्खेत र काठमाडौँमा स्वाब पठाएर परीक्षण भइरहेको निर्देशनालयले जनाएको छ ।

यहाँका विभिन्न जिल्लामा गरेर हालसम्म कोरोना सङ्क्रमणबाट सात जनाको मृत्यु भइसकेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले यहाँ सङ्क्रमणको लक्षण देखिएका र स्वास्थ्य समस्या भएकालाई मात्रै आइसोलेशनमा राखेर उपचार गरिने बताए । “पहिले स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टिनलाई अहिले आइसोलेशनमा परिणत गर्ने कार्य धमाधम हुँदैछ,” उनले भने, “सबै सङ्क्रमितलाई अस्पतालमा राखेर उपचार गर्ने सम्भावना नै रहेन ।” सुदूरपश्चिममा सबैभन्दा बढी कैलाली जिल्लामा ९८६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । त्यस्तै कञ्चनपुरमा ४४०, डडेल्धुरामा २६९, अछाममा ५८७, बैतडीमा २९७, बाजुरामा ४४४, दार्चुलामा १९ र डोटीमा ५३३ जनामा सङ्क्रमण देखिएको छ ।

त्यसैगरी यहाँका नौ वटै जिल्लामा आरडीटी विधिबाट गरिएको परीक्षणमा ९९३ जनामा पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ । कोभिड–१९ कञ्चनपुरका सम्पर्क व्यक्ति सिद्धराज भट्टले बिहीबारसम्म गरेर यहाँ सङ्क्रमितको सङ्ख्या ४४३ रहेको बताए । उनल भने , “धेरै निको भएर घर फर्किसकेका छन् ।” उनले पछिल्लो चरण कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाइ भइरहेको बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको धनगढी र कञ्चनपुरको भीमदत्तनगरमा ५०÷५० श्ययाको कोरोना अस्पताल केही समय अघिदेखि सञ्चालनमा ल्याएको छ । यहाँ रहेका सङ्क्रमितमध्ये अधिकांश भारतबाट फर्किएका रहेका छन् । प्रदेश सरकारले यहाँ अझै समुदायस्तरसम्म कोरोना फैलिइ नसकेको दाबी गर्दै आएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies