Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

ठाउँठाउँमा पहिरो जाँदा, ग्रामीण सडकमा यातायात ठप्प

बाजुरा । जिल्लाका ग्रामीण सडकमा यातायात ठप्प भएका छन् । अविरल वर्षाका कारण विभिन्न स्थानीय तहमा पुग्ने सडकका ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेसंँगै यातायातका साधन बन्द भएका हुन् ।

पुर्वी उत्तरी क्षेत्र जोड्ने मार्तडी–कोल्टी सडक, मार्तडी देखि गौमूल गाउँपालिका घटमुना, मार्तडीदेखि छेडेदह गाउँपालिका डोगडी, बाम्काबजारदेखि त्रिवेणी नगरपालिका तोली, बाम्का बजारबाट डोगडीलगायत क्षेत्रका जाने ग्रामीण सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै अन्य ग्रामीण क्षेत्रमा निर्माण गरिएका सडक पनि अवरुद्ध बन्दै गएका छन् ।

सदरमुकाम मार्तडीबाट गौमूल गाउँपालिकाको केन्द्र घट्मुना जाने बाटोसमेत अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावत गर्न समस्या भएको गाउँपालिका उपाध्यक्ष सीता थापाले बताए । “सबै बाटाहरु अवरुद्ध भईसके, गाडी चल्ने अवस्था नै छैन्, अब जिल्ला सदरमुकाम आउन एक दिनको पैदल यात्रामा हिँड्नुपर्छ । बाटो बनाउन गाउँपालिकाले प्रयास गरे पनि वर्षा नियमित भएका कारण सकिएको छैन”, उपाध्यक्ष थापाको भनाइ छ ।

मार्तडी–कोल्टी सडक अवरुद्ध हुँदा पूर्वी उत्तरी क्षेत्रका स्थानीयवासीलाई बढी समस्या भएको छ । सडक विभिन्न ठाउँमा भत्किएपछि अप्ठ्यारो बाटामा पैदल यात्रा गर्नसमेत निकै कठिन हुने गरेकोे स्थानीय तहले जनाएका छन् ।

मार्तडीबाट पाण्डुसैनसम्मको सडक पूर्ण रुपमा अवरुद्ध भएको तथा पाण्डुसैनबाट दानसागुसम्म फाटफुट रुपमा साना जीप सञ्चाल भइरहेको स्थानीय व्यापारी वीरेन्द्र कार्कीले जानकारी दिए ।
जथाभावी रुपमा खनिएका सडकबाट जिल्लामा पहिरोको उच्च जोखिम रहेको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ । जिल्लाका नौ वटै स्थानीय तहमा साधारण मार्ग मात्र खोलिएको र वर्षायाम शुरु हुनेबित्तिकै पूर्ण बन्द हुने गरेका छन् । ग्रामीण सडकको अवस्था दयनीय हुँदा जिल्लाका नौ वटै स्थानीय तहमा स्थानीयवासी जोखिपूर्ण यात्रा गर्न बाध्य छन् ।

प्राविधिक रुपमा जाँच नै नगरी काटिएका सडकले पहिरो निम्त्याउने भएपछि जिल्लाबासी त्रसित बन्दै गएका छन् । सडक बन्द भएपछि लामो तथा छोटो दूरीका सवारी साधन बन्द भएका छन् ।

साँफे –मार्तडी सडक बन्द
लगातार परेका वर्षाका कारण साँफे–मार्तडी सडक एक हप्तादेखि अवरुद्ध भएको छ । बूढीगङ्गा नगरपालिका १ मा पर्ने द्वारी क्षेत्रको सडकमा तल र माथिबाट पहिरो बग्न थालेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको सडक डिभिजन कार्यालय अछामले जनाएको छ ।

पहिरोसँगै बूढीगङ्गा नदीको तीव्र कटानका कारण सडक चार मिटर तल भासिसकेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए । तत्काल हटाउन सकिने अवस्था नरेहेको उहाँको भनाइ छ । लगातार वर्षाका कारण नदीको कटान र माथिबाट पहिरो आउने क्रम नरोकिएकाले सडक तत्काल बनाउने अवस्थासमेत छैन । मौसम सफा हुनेबित्तिकै सडक मर्मत गरिने प्रजिअ गैरेले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending