Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

होटल तथा एयरलाइन्स खुलाउन पर्यटनमन्त्रीलाई व्यवसायीको माग

\"\"

काठमाडाै‌ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वास्थ्य प्रोटोकल कायम गरेर होटल तथा एयरलाइन्स खुलाउन आवश्यक पूर्व तयारी गर्नुपर्ने बताएका छन् ।

सिंहदरबारमा आज पर्यटन क्षेत्रका नौ अगुवा सङ्गठनको सुझावसहितको ज्ञापनपत्र बुझ्दै मन्त्री भट्टराईले व्यवसायी एवं सरोकारवालासँग छलफल गरी पर्यटन क्षेत्रलाई चलायमान बनाउने पूर्वतयारी भइरहेको जानकारी दिए।

कोभिड–१९ सङ्क्रमित कम भएको देशबाट हवाई सेवा सञ्चालन गर्न सकिने सङ्केत गर्दै उहाँले नेपाल पर्यटन बोर्डसँग स्वास्थ्य प्रोटोकल र अन्य देशको उदाहरण हेरर प्रस्ताव लिएर आउन व्यवसायीलाई आग्रह गरे।

मन्त्री भट्टराईले प्रोटोकलसहितको प्रस्ताव लिएर आउन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीलाई निर्देशन दिँदै उक्त प्रस्तावलाई सीसीएमसी र क्याबिनेटमा लगेर निर्णय गर्ने वचन दिए। पर्यटन व्यवसायीले कोभिडका कारण पर्यटन क्षेत्रमा नराम्रो असर परेको भन्दै बन्दाबन्दी खुलाउन मन्त्री भट्टराईसँग माग गरेका छन् ।

मागपत्रमा व्यसायीहरुले चार्टर्ड उडानको विकल्पमा निश्चित मापदण्ड तोकी यथाशीघ्र आन्तरिक तथा बाह्य हवाई सेवाका नियमित तालिकाअनुसार सञ्चालन गर्न अनुरोध गरेका छन् ।

त्यस्तै हरियो प्लेटका पर्यटकीय सवारी साधन सञ्चालनका लागि अनुमति दिन र हिमाल सफाइको कार्य सञ्चालन र नयाँ हिमाली गन्तव्य तथा हिमाली क्षेत्रमा भौतिक पूर्वाधार विकासको कार्य तत्काल शुरु गर्न मागसमेत गरिएको छ ।

ट्रेकिङ्ग एजेन्सीज एसोसिएशन अफ नेपाल, नेपाल पर्वतारोहण सङ्घ, नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स ऐजेन्ट ९नाट्टा०, सोसाइटी अफ ट्राभल एण्ड अपसरटेस नेपाल, होटल एसोसिशन अफ नेपाल, नेपाल एसोसिएशन अफ टुर अपरेटर्स, नेपाल एसोसिएसन अफ राफिटङ ऐजेन्सी, टुरिस्ट बस एसोसिशन अफ नेपाल र नेपाल पर्यटक यातायात व्यवसायी सङ्घले अध्यक्षले सामूहिक रुपमा पर्यटनमन्त्री समक्ष माग तथा सुझाव दिएका हुन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending