Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

लकडाउनको अवधिमा पोखरामा ४ सय घरधनीले दिए घरभाडा छुट

कास्की । कोभिड–१९ रोकथामका लागि जारी बन्दाबन्दीको अवधिमा पोखरामा ४०० घरधनीले घरभाडामा छुट दिएका छन् ।

घर बहाल सरोकार महासङ्घको १०औँ स्थापना दिवसका अवसरमा नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीले आज पोखरामा आयोजना गरेको ‘सम्मान तथा अन्तरक्रिया’ कार्यक्रममा समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले हालसम्म ४०० जनाले बहालमा बस्नेहरुलाई छुट दिएको जानकारी दिए ।

उनले छुट दिनेहरुको लगत सङ्कलन गर्ने काम चलिरहेकाले यो सङ्ख्या अझ बढी हुनसक्ने उल्लेख गरे। समितिका अनुसार घरधनीले मासिक भाडामा ५० देखि शतप्रतिशतसम्म छुट दिएका छन् । सरकारले समेत बन्दाबन्दीका कारणले प्रभावितहरुका लागि घरभाडामा सहुलियत दिन आग्रह गरेको थियो ।

समितिका निर्वतमान अध्यक्ष एवं महासङ्घका केन्द्रीय उपाध्यक्ष यमनाथ पौडेलले अहिलेको विषम अवस्थाका कारणले उद्योग, व्यवसाय तथा पेशाकर्मीहरु समेत प्रभावित भएकाले बहालमा बस्नेहरुलाई छुट दिन महासङ्घले देशव्यापी रुपमा आह्वान गरेको बताए । संस्थाले घरधनी तथा बहालमा बस्नेहरुबीच समन्वय र सहकार्य गर्दै आएको बताउँदै उनले विषम अवस्थामा धनको भन्दा पनि मनको धनी भएर घरभाडा छुट दिनेलाई हौसला प्रदान गर्न राज्यले समेत उनीहरुलाई छुट तथा सहुलियतका कार्यक्रम ल्याउन माग गरे।

कार्यक्रमका सहभागीहरुले घरधनी र बहालमा बस्ने दुवै पक्षलाई मर्का नपर्ने गरी आपसी समन्वयमा छुट दिइनुपर्ने माग गरेका छन् ।

कार्यक्रममा दुई महिनाको घर बहाल रु चार लाख २५ हजार छुट दिएका पोखरा–८ पृथ्वीचोक निवासी लालबहादुर गुरुङलाई दोसल्लाबाट सम्मान गरिएको थियो । आपतविपद्को समयमा गुरुङले आफ्नो घरमा सञ्चालित होटल तथा अन्य व्यवसायको चैत र वैशाख महिनाको पूरै भाडा रकम छुट दिएका थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: