Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

पर्खालले किचेर बालकको मृत्युः सप्तरीका स्थानियद्वारा प्रदर्शन जारी

सप्तरी । भत्किएको घरले किचेर सप्तरीको खडक नगरपालिका–१ सिस्वामा आज एक बालकको मृत्यु भएको छ ।

उपभोक्ता समितिले सडकको आरसीसी ढलान गर्न माटो सम्याउने काम गरिरहेका बेला बाबु झाको घरको पर्खाल ढलेर स्थानीय ८ वर्षीय उमेश मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । रोलर मेसिनको भ्याब्रेटको असरका कारण पिलर नभएको घरको पर्खालको गारो भत्किएर बालकमाथि खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीका प्रहरी निरीक्षक रामराजा केशरीले बताए। वर्षाको पानीले समेत भिजेर घरको गारो कमजोर भएको हुनसक्ने उनले बताए।

घटनास्थलमै बालकको शव राखी गाउँलेहरु र मृतकका परिवारका सदस्यहरुले प्रदर्शन गरिरहेका छन् । खडक नगरपालिकाबाट लापरवाहीयुक्त काम भएको भन्दै प्रदर्शनकारीहरुले घटनाको जिम्मा लिन र उपभोक्ता समितिका पदाधिकारीमाथि कडा कारवाही गर्न माग गरेका छन् ।

उनीहरुले क्षतिपूर्तिको माग राखी शव उठाउन नदिएपछि घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय कडरबोना, इलाका प्रहरी कार्यालय कल्याणपुर र सशस्त्र प्रहरीको टोली पुगेको छ । ठूलो सङ्ख्यामा परिचालित टोलीले चालकलाई पक्राउ गरी हदैसम्मको कारवाही गर्ने र अन्य आवश्यक प्रक्रियाका लागि पहल गर्ने बताए पनि प्रदर्शन जारी छ ।

छबिल मण्डलको अध्यक्षतामा गठित उपभोक्ता समितिले असारको अन्तिम समयमा नगरपालिकाकै लोडर र स्काभेटर लिएर हतारहतार काम गर्न खोज्दा बालकको ज्यान गएकाले उपभोक्ता समितिका अध्यक्षलगायतलाई कारवाही गर्न स्थानीयवासीले माग गरेका छन् ।

काम गर्ने बेलामा उपभोक्ता समितिका पदाधिकारीहरु उपस्थित नरहेको र काममा खटाइएका रोलर, स्काभेटरका चालकका साथै मजदूरले समेत पर्खाल भत्किएर बालक च्यापिँदासमेत वास्ता नगरेको स्थानीयवासीले बताएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending