भीमदत्तनगर । सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म कोरोना परीक्षणका लागि पीसीआर र आरडीटी ‘कीट’ खरिदका लागि रु १ करोड ३४ लाख ८ हजार खर्च गरेको छ । केही दिनअघि प्रदेश सरकारले कोरोना रोकथाम, उपचार र व्यवस्थापनमा रु ५८ करोड ४८ लाख खर्च गरेको विवरण सार्वजनिक गरेको थियो । प्रदेश सरकारले कोरोनाको परीक्षण दायरा बढाउनका लागि आवश्यक मेसिन तथा परीक्षण कीट खरिदमा भने ठोस पहल र खर्च गरेको देखिँदैन् ।
प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार पीसीआर विधिबाट परीक्षणका लागि प्रदेश सरकारले दुई हजार चार सय थान कीट खरिद गरेको छ । टेण्डर प्रक्रिया मार्फत पीसीआरका लागि प्रतिकिट रु चार हजार ५ सयका दरले खरिद गरिएको हो । “दुई हजार चार सय किटमा रु एक करोड ८ लाख खर्च भएको देखिन्छ ।” केन्द्रका जनस्वास्थ्य निरीक्षक लक्ष्मीकुमार श्रेष्ठ भने–“केन्द्रका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाबाट प्राप्त कीट प्रदेश जनस्वास्थ्य प्रयोगशाला र सोझै यहाँ सञ्चालनमा रहेको प्रयोगशालामा उपलब्ध भएको हो ।”
त्यसैगरी प्रदेश सरकारले आरडिटि विधिबाट कोरोना परीक्षणका लागि हालसम्म सुदूरपश्चिममा १ लाख ७४९२ थान ‘टेष्ट कीट’ खर्च भएको आपूर्ती व्यवस्थापन केन्द्र धनगढीले जनाएको छ । ती ८० हजार १५० थान केन्द्रबाट उपलब्ध हुनुका साथै प्रदेश सरकारले २४ हजार ७ सय कीट खरिद गरेको हो ।
“आरडिटि कीट खरिदमा अहिलेसम्म रु २६ लाख ३८ हजार खर्च भएको देखिन्छ ।” उनले भने –“आरडिटि टेष्ट कीट प्रति थान रु ९५० परेको छ ।” त्यसैगरी यहाँका स्थानीय तहरुले पनि आरडीटी परीक्षणका लागि कीट खरिद गरेर परीक्षण गरिरहेका छन् ।
\\“पालिकाहरुको तथ्याङक यहाँ आइपुगेको छैन ।” उनले भने–“पालिकाहरुले पनि स्वास्थ्यकर्मी खटाएर आरडीटी परीक्षण दायरा बढाएका छन् ।”यहाँको प्रदेश सरकारले डोटी र बैतडीमा समेत पीसीआर मेसिन जडान गरेर परीक्षणको दायरा बढाउने भनेपनि जडानको गति भने सुस्त छ । तीन स्थानका लागि प्रयोगशालाको सामान धनगढी आउने क्रम जारी रहेको निर्देशनालयको भनाइ छ ।
हाल धनगढीको पशुपंक्षी अन्वेषण केन्द्रमा सञ्चालनमा रहेको पीसीआर प्रयोगशालामा दैनिक बढीमा २५० जनाको मात्रै परीक्षण हुने गरेको प्रयोगशालाका प्रमुख रमेश शाहीले बताए । उनले प्रयोगशालामा हाल ५ हजार थान परीक्षणका लागि कीट मौज्दात रहेको जानकारी दिए ।
प्रदेशमा सञ्चालनमा रहेको एकमात्रै प्रयोगशालाले हालसम्म दश हजार बढीको कोरोना परीक्षण गरेको छ ।यहाँ परीक्षणको चाप बढेपछि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकू स्वाब परीक्षणका लागि पठाउने गरिएको छ । बुधबार साझँसम्म सुदूरपश्चिममा दुई हजार ६११ जनामा कोरोनाको सङक्रमण देखिएको छ ।
यहाँ हालसम्म पीसीआर विधिबाट १८ हजार ८७५ जनाको कोरोना परीक्षण गरिएको छ, भने आरडीटी विधिबाट हालसम्म १ लाख १३ हजार १८४ जनाको परीक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सुदूरपश्चिममा हालसम्म ४९५ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किसकेका छन । त्यसैगरी यहाँ पीसीआर विधिबाट परीक्षणका लागि लिइएको ५ हजार ९६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
यस्तै कोरोना भाइरस रोकथाम र व्यवस्थापनकै लागि प्रदेशको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, जिल्ला प्रशासन र राष्ट्रिय अनुसन्धानलाई समेत गरी रु एक करोड ५० लाख रकम उपलब्ध गराइएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: