Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

मोटरसाइकल चोरी आरोपमा १२ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले मोटरसाइकल चोरी गरी नक्कली कागजातसमेत बनाएर मोटरसाइकल किनबेचमा संलग्न भएको आरोपमा १२ जनालाई आज पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले यातायात व्यवस्था कार्यालय धनगढीका कम्प्युटर सहायक अपरेटर जीतेन्द्र राना र कार्यालय सहायक गणेश भट्टराईसमेत संलग्न रहेको बताए ।“मोटरसाइकल चोरी गरेर नक्कली ब्लूबुकलगायतका कागजात बनाएर किनबेच गर्ने यो एउटै गिरोह हो”, प्रहरी उपरीक्षक मरासिनीले भने, “पक्राउ परेका यातायातका कर्मचारीले नक्कली ब्लूबुक बनाउने काममा सक्रिय रहेको पाइयो ।”

सुदूरपश्चिम प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको अप्रेसनबाट उनीहरुसहित आठ थान मोटरसाइकल बरामद गरिएको छ । पक्राउपर्नेमा यातायातका अपरेटर राना, सहायक भट्टराई, कञ्चनपुर लालझाडी गाउँपालिका–३ का ३५ वर्षीया बहादुर राना, बेदकोट नगरपालिका–६ का ३५ का राजकुमार राना, २५ वर्षीया हरेन्द्र राना, ३० वर्षीय सुवेश राना, लालझाडी गाउँपालिकाका रामनिवास राना, शुक्लाफाँटा नगरपालिकाका श्याम राना, बेदकाट नगरपालिकाका राम राना, लाल राना, बेदकोट नगरपालिका १८ वर्षीय प्रदीप राना, २७ वर्षीय लक्ष्मी राना र लालझाडी गाउँपालिकाका रामदयाल राना रहेका छन् ।

“पक्राउ परेकाबाट यातायात व्यवस्था कार्यालय धनगढीका ब्लूबुक र सोही अनुसार सेतीकै नम्बर प्लेट हालेका मोटरसाइकल बरामद गरिएका छन”, प्रहरी उपरीक्षक मरासिनीले भने, “उनीहरुलाई सरकारी कागजात किर्ते र चोरी मुद्दामा कारवाही प्रक्रिया अघि बढाइनेछ ।”

प्रहरी अनुसन्धानमा अभियुक्त कर्मचारीले मोटरसाइलको ब्लूबुक बनाएवापत प्रति मोटरसाइकल रु ८ हजारका दरले रकम लिने गरेका थिए । प्रहरीले चोरीका थप पाँच मोटरासाइकलको पहिचान भइसकेको जानकारी गराउँदै नियन्त्रणमा लिएर थप कारवाही अघि बढाउने जनाएको छ । यसअघि पनि भीमदत्तनगरमा प्रहरीले यातायात व्यवस्था कार्यालयसित मिलेमतो गरी कार, जीपको कागजात बनाउने कर्मचारीसहित सवारीसाधन नियन्त्रणमा लिएको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies