भजनी । टीकापुर अस्पतालमा केही पहिले बिरामीका लागि सहज रुपमा एम्बुलेन्स सेवा थिएन । आपत्कालीन अवस्थामा बिरामीलाई उपचारका लागि धनगढी, कोहलपुर र नेपालगञ्ज पुर्याउनपर्दा बाहिरबाट एम्बुलेन्स मगाएर बिरामीको उद्धार गर्नुपर्ने अवस्था थियो । केही बिरामीले एम्बुलेन्सको पर्खाइमै ज्यान गुमाउनुपर्ने बाध्यता रहे तापनि पछिल्लो समय अवस्था फेरिएको छ ।
टीकापुर नरगपालिकामा मात्र हाल सात तथा जानकी गाउँपालिकामा एउटा एम्बुलेन्स रहेको छ । नेपाल रेडक्रस सोसाइटी पथरैया उपशाखाद्वारा सञ्चालित एम्बुलेन्स पनि टीकापुर अस्पतालमै रहने गरेको छ । वर्षमा एकदेखि दुई एम्बुलेन्स अस्पतालमा थप हुँदै गएका छन् । टीकापुर अस्पतालका मात्रै दुई एम्बुलेन्स सञ्चालनका अवस्थामा छन् भने एउटा एम्बुलेन्स बिग्रिएर थन्किएको छ ।
त्यस्तै नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुर, भूपू सैनिक टीकापुर, योगाश्रम टीकापुर, सामुदायिक स्वास्थ्य विकास तथा जागरण कार्यक्रम टीकापुर र नेपाल रेडक्रस सोसाइटी पथरैया उपशाखाद्वारा गरी सात एम्बुलेन्स टीकापुर अस्पतालमा रहने गरेका छन् । टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले अस्पतालमा एउटा एम्बुलेन्स कोइका र अर्को सुदूरपश्चिम प्रदेश सरकारले सहयोग गरेको बताउँदै अस्पतालका लागि अब अ शव वाहन आवश्यक रहेको बताए ।
‘हामीसँग शव वाहनको खाँचो छ’, अध्यक्ष रावलले भने, ‘त्यसका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै आएका छौंँ ।’ उनले अस्पताल क्षेत्रमा एम्बुलेन्स सेवा थपिनाले आकस्मिक सेवा दिनुपर्ने बिरामीलाई तत्काल अन्य अस्पताल रेफर गर्न सहज भएको बताउँदै बिरामीले चर्को शुल्क तिर्नुपर्ने बाध्यता समेत हटेको स्पष्ट गरे ।नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुर रक्त सञ्चार संयोजक टेकराज बिनाडीले टीकापुर नगरपालिकाले रेडक्रसलाई एम्बुलेन्स सहयोग गरेसँगै काम गर्न सहज भएको बताए ।उनका अनुसार टीकापुर नगरपालिकाले सञ्चालन गरेको गर्भवती महिलालाई ‘होम टु हस्पिटल’ कार्यक्रमका लागि समेत एम्बुलेन्स सेवा प्रभावकारी भएको छ । ‘नगरपालिकाको गर्भवती महिलालाई होम टु हस्पिटल कार्यक्रम प्रभावकारी भएको छ’, संयोजक बिनाडीले भन्नुभयो, ‘टीकापुरमा एम्बुलेन्स थपिने क्रम जारी छ । त्यो टीकापुरबासीका लागि नै राम्रो कुरा हो । यसले स्वास्थ्य सेवालाई झनै प्रभावकारी बनाउँछ ।’
त्यसैगरी सत्ती कर्णाली सामुदायिक वनले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । कैलालीकै नमूना सामुदायिक वनका रुपमा स्थापित सत्ती वनले त्यस क्षेत्रका नागरिकलाई उपचार लिन सहज होस् भनी एम्बुलेन्स सेवा सञ्चालन गरेको सामुदायिक वनका अध्यक्ष धनसिंह साउदले बताउनुभयो । सामुदायिक वनले १० वर्षअघि पनि एम्बुलेन्स सञ्चालन गरेको थियो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: