Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

साँफे-मार्तडी सडक पहिरोको जोखिममा

बाजुरा । लगातार वर्षाका कारण साँफे –मार्तडी सडकखण्ड पहिराको उच्च जोखिम देखिएको छ । वर्षात् शुरु भएसँगै ताँप्रीसेरादेखि मार्तडीसम्मका दर्जनौँ स्थानमा सडकको दायाँबायाँ पहिरो खस्न थालेको छ भने आवतजावतसमेत रोकिने सम्भावना बढेको छ ।

अहिले केही दिनदेखि लगातार परेको वर्षात्का कारण दर्जनौँ स्थानमा माथिबाट पहिरो बग्न थालेको छ । द्वारी क्षेत्रमा तलबाट बूढीगङ्गा नदीको कटानसँगै अम्कोट गाउँतर्फ पहिरो बग्न थालेको छ । पानीनाउलामा लगातार माथिबाट पहिरोकै कारण सडक हिलाम्य बन्नाका साथै अवरुद्ध बन्न थालेको छ । हिलाम्य सडकमा सवारी साधन गुडाउन समस्यासँगै माथिबाट ढुंगा खस्नेसमेत डर देखिएको ट्रयाक्टर चालक डबल नाथले बताए ।

निर्माण भएको वर्षदेखि नै पहिराले सडकलाई क्षति पु¥याउने गरेको छ । भिरालो र पाखो जमीन भएकै कारण निर्माण सम्पन्न भएको पाँच वर्षसम्म नियमित पहिरो खस्ने र जोखिम हुने प्राविधिकले बताए पनि लगातार एकै स्थानमा पहिरो थपिँदै गएका कारण थप जटिलता भएको सरोकार भएकाहरुको भनाइ छ ।

अम्कोट, द्वारी र मलाती क्षेत्रमा सडक चल्ने निश्चित नै छैन । अहिले एकतर्फ मात्र सवारी साधन चल्ने गरी बाटो बाँकी रहेको छ । त्रिवेणी नगरपालिकाबाट पंैमाको पहिराले बूढीगङ्गा नदीलाई अम्कोट क्षेत्रतिर धकेलिरहेको छ भने नदीले सडकसँगै बस्ती समेत पहिरासँगै कटान गर्ने अवस्था नरोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण नदी दिनानुदिन थुनिँदै गएको छ । त्यसले बाजुराको तल्लो क्षेत्रसँंगै अछामका नदी किनारामा रहेका बस्तीलाई समेत समस्या सिर्जना गरेको छ ।

साँफे–मार्तडी सडकको वैकल्पिक बाटो नखोजिए सदरमुकाम मार्तडीसम्म पनि सवारी साधन सञ्चालनमा समस्या आउने देखिएको छ । द्वारी र बल्दे क्षेत्रको करीब एक किलोमिटर बाटो पूरै पहिरासँगै नदीमा मिसिने अवस्थामा आइपुगेको छ ।

अघिल्लो वर्षाद्मा नै सडक बगाएर क्षति पुगेपछि घरलाई नै भत्काई सडक बनाइएको थियो । हिउँदमा कुनै पहल नगरिँदा र वर्षात्मा मात्र विकल्प खोज्ने प्रवृत्तिले अमकोट बस्तीका सर्वसाधारणले यस वर्ष पनि निकै दुःख पाउने अमकोटका नवराज पाध्यायले गुनासो गर्नुभयो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies