Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

कर्मचारी अझै कार्यालय आएनन् : यातायात कार्यालयमा सेवाग्राहीको भीडलाई नियन्त्रण गर्न हम्मेहम्मे, छैन सुरक्षा सतर्कता

काठमाडौं । सरकारले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भीडभाडमा रोक लगाएको छ । तर, ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा यो नियम लागू भएको देखिएको छैन । सवारी चालक अनुमति पत्र लिन र नवीकरण गर्न लाइनमा उभिनेहरूको बिहीबार ठूलो भीड देखिन्थ्यो, कार्यालय हाताभित्र ।

विश्व स्वास्थ्य सङ्गठनले भनेको न्यूनतम सामाजिक दूरी त के, कसैलाई नछोई कार्यालय भित्र पस्न मुश्किल पर्ने देखिन्थ्यो । हुनत् कार्यालयभित्र प्रवेश गर्नेवित्तिकै सुरक्षा गार्ड स्यानिटाइजर लिएर बसेका त छन् तर बढ्दो भीडका कारण सबै हातमा स्यानिटाइजर लगाउन सम्भव देखिएको थिएन । सामाजिक दूरी कायम गराउनका लागि त्यहाँ रेखाङ्कन पनि गरिएको छ । तर, कसैले दूरी कायम गरेका छैनन् । अलिकति खाली ठाउँ राखे अर्कोले पालो मिच्ला भन्ने पीर सेवाग्राहीमा देखिन्थ्यो । अधिकाँश सेवाग्राहीले नाक र मुख छोप्ने गरी मास्क झुन्ड्याएका थिए । तर, सामाजिक दूरी कसैले कायम गरेका थिएनन् । कसैलाई कोरोना भएको रहेछ भने अरुलाई सर्न पनि सक्छ ।

सेवाग्राहीको गुनासो

चालक अनुमतिपत्रका लागि झण्डै डेढ वर्ष पहिले लिएको परीक्षामा पास भएका धापाखेलका सुमन महर्जन बिहिबार चालक अनुमतिपत्र लिनका लागि एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुगे। झण्डै दुई बजे पुग्नुभएका उहाँ लाम बस्दाबस्दै पालो नआएपछि रित्तो हात फर्कनु परेको बताए। चालक अनुमतिपत्रका लागि कार्यालयले लिएको परीक्षा पास गरेपछि उहाँ यस अघि नै तीन पटक कार्यालय पुगेका थिए । अनुमतिपत्र नआएको जवाफ पाएपछि यसअघि आफू तीन पटक कार्यालय पुगेर फर्किएको उनले बताए । यस पटक भने धेरै अनुमतिपत्र छापिसकेको भन्ने समाचार सुनेर आएको उनले बताए ।

त्यस्तै चालक अनमतिपत्र नवीकरणका लागि कार्यालय पुग्नुभएकी सीमा भण्डारी काम नै नबनेपछि फकर्नुभएको थियो । अनुमतिपत्र लिन जाँदा कार्यालयमा देखिएको भीडका कारण अनुमतिपत्र नलिई फर्किएको उनले बताए । सरकारले सबैतिर सामाजिक दूरी कायम गर्न भनेपनि यातायात कार्यालयमा त्यसको पालना नभएको उनले बताए । यो आर्थिक वर्षको अन्तिममा नवीकरण नगर्दा दस्तुर लाग्ने भएपनि कार्यालयको भीडले गर्दा उहाँले परिसरमा प्रवेश नै गरेनन्। उनले भने, “बढी पैसा लागेपनि लागोस् अहिले भीडमा नजाने भन्ने लाग्यो ।”

सरकारले असारको १ गतेबाट सबै सरकारी कार्यालय खुलाएसँगै यातायात कार्यालयमा सेवाग्राहीको भीड बढेको हो । अनुमतिपत्र नयाँ वा नवीकरण गर्न आउनेको सङ्ख्या बढीरहेको छ । सेवाग्राहीको भीडका कारण एकातिर सङ्क्रमणको जोखिम बढेको छ भने अर्कातिर कतिपय सेवाग्राही काम नगरी घर फर्कन बाध्य भएका छन् । सेवाग्राहीको अत्याधिक भीडभाडका कारण प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको छ ।

दैनिक झण्डै चार सय नयाँ चालक अनुमतिपत्र वितरण भइरहेको यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्रले जनाएको छ । त्यस्तै, चालक अनुमतिपत्र नवीकरण गर्न आउनेको सङ्ख्या झण्डै दुई सयको हाराहारीमा छ । त्योभन्दा बढी सेवाग्राही आएपनि फर्किने गरेको कार्यालयको प्रमुख समरबहादुर कार्कीले बताए । कार्यालयसँग यति नै सेवाग्राही फर्किए भन्ने यकिन तथ्याङ्क नभएपनि धेरै सेवाग्राही उसै फर्किएको देखिन्छ । राजस्व बैङ्कमा बुझाउनुपर्ने भएकाले दुई बजेपछि आउने सेवाग्राहीको काम गर्न नसकिने उनले बताए । कार्यालयमा नयाँ अनुमतिपत्र लिने र नवीकरणका लागि आउनेहरुको भीड दुबै शाखामा भएको उनले बताए। उनले भने, “सेवाग्राहीको भीड नियन्त्रण गर्न गाहे भएको छ ।”

कार्यालयले कोभिड–१९ को जोखिम कम गरेर सेवा दिनका लागि तयारी गरेको छ । कार्यालय हाताभित्र प्रवेश गर्दा ज्वरो नाप्ने र स्यानिटाइजरको प्रयोग गर्नेलगायतका व्यवस्था मिलाइएको छ । गोलो घेरा बनाएर सेवाग्राहीबीच सामाजिक दूरी कायम गर्ने व्यवस्था मिलाइएको छ । त्यसको पालना भने गर्न नसकिएको प्रमुख कार्कीले बताए। कार्यालय परिसरमा चार जना प्रहरी खटिएको भएपनि उनीहरुलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको छ । उहाँले भन्नुभयो, “सेवाग्राही आफैँ सचेत नभएकाले हामीलाई बुझाउन गाहे भइरहेको छ ।”

कर्मचारीको उपस्थिति न्यून

कार्यालयमा सेवाग्राहीको भीड बढीरहँदा कर्मचारी भने सबै आइसकेका छैनन् । झण्डै ५१ जना कार्यरत कर्मचारीमध्ये अहिले ३५ जना मात्रै कार्यालयमा आएको प्रमुख कार्कीले बताए । कतिपय कर्मचारी काठमाडौँ उपत्यका बाहिर टाढा जिल्लामा रहेकाले फर्कन सकेका छैनन् । कतिपय कर्मचारी जिल्लाबाट फर्किएपनि अहिले क्वारेन्टिनमा रहेकाले काममा आउन नपाएको उनले बताए । उनले भने, “सेवाग्राहीको चाप बढी भएपनि कर्मचारी कम भएकाले व्यवस्थापन गर्न गाहे भएको छ ।”

कार्यालयले अहिलेसम्म दैनिक झण्डै छ सय अनुमतिपत्र वितरण गरिरहेकामा अझै झण्डै डेढ लाख अनुमतिपत्र वितरण गर्न बाँकी छ । यातायात व्यवस्था विभागले बन्दाबन्दीको समयमा समेत अनुमतिपत्र छपाई गरिरहेको थियो । गत पुस १५ सम्मको अनुमतिपत्र आइसकेको छ । त्यो अवधिमा पनि कतिपय अनुमतिपत्र प्राविधिक त्रुटिका कारण विभागबाट नआएको उनले बताए । विभागबाटै अनुमतिपत्र नआएपनि सेवाग्राहीले कार्यालयले नदिएको सोचेर विवाद गर्छन । उनले भने, “सेवाग्राहीलाई बुझाउनै गाहे भएको छ ।”

रु ३८ लाख ५० हजार राजस्व सङ्कलन

विभागले असार १ गतेदेखि विहीबारसम्ममा रु ३८ लाख ५० हजार राजस्व सङ्कलन गरेको छ । गत वर्षहरुमा पनि आर्थिक वर्षको अन्तिम महिनामा कार्यालयमा सेवाग्राहीको भीड हुने गरेको थियो । चैतको ११ गतेदेखि जेठसम्म बन्दाबन्दीका कारण सरकारी कार्यालय बन्द रहेको र असार १ गतेबाट कार्यालय खुलेपछि सेवाग्राहीको भीड ह्वातै बढेको बताइएको छ । त्यस्तै सुकेधारा, जगाती र सानो भ¥याङस्थित यातायात व्यवस्था कार्यालयमा पनि सेवाग्राहीको ठूलो भीड लाग्ने गरेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending