Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

भ्रष्टाचार भएको भन्दै खगेन्द्र नवजीवन केन्द्रमा एक हप्तादेखि तालाबन्दी

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–६ स्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा अनियमितता एवं भ्रष्टाचार भएको भन्दै एक हप्तादेखि तालाबन्दी छ ।

शारीरिक अपाङ्गता, अशक्तता भएका व्यक्तिका लागि उपचारात्मक सेवा, समयानुकूल शिक्षा, तालीम एवं व्यावसायिक सीपको विकास गर्ने उद्देश्यले विसं २०२५ मा खगेन्द्रबहादुर बस्नेतले स्थापना गरेको हो । अपाङ्गता भएकालाई जीवनयापन गर्न सहज होस् भन्ने उद्देश्यले स्थापना भएको केन्द्रमा भ्रष्टाचारका घटना बढ्न थालेपछि तालाबन्दी गरिएको सङ्घर्ष समितिका संयोजक रामप्रसाद कोइरालाले बताए ।

संस्थालाई सरकारले शिक्षा र अपाङ्गता पुनःस्थापनाका लागि अनुदान दिँदै आएको छ । गुठी संस्थानले समेत केन्द्रका लागि जग्गा उपलब्ध गराएको छ । यसरी जम्मा भएको अनुदान एवं भौतिक सम्पत्तिमा सङ्घका पूर्वअध्यक्ष मोहन महर्जनलगायत कार्यसमितिका पदाधिकारी, लेखा अधिकृत गोपाल गौतम, स्टोरकिपर किशोर पाण्डेलगायतको मिलेमतोमा अनियमितता भएको उनले बताए ।

संस्था सञ्चालनसम्बन्धी सामान्य नियमको समेत पालना नगरी भवन अन्य संस्थालाई कार्यक्रम सञ्चालन गर्न दिने, सङ्घको नाममा रहेको कित्ता नं। १, १७ र १८ को करोडौँ रुपैयाँ पर्ने जग्गा पर्खाल बाहिर पारी मौखिक रुपमा भवन बनाउन दिएको सङ्घर्ष समितिको आरोप छ । तीन कित्ताको जग्गा गत कात्तिकमा केन्द्रको पर्खाल बाहिर पारिएको हो । जहाँ ग्रील पसल सञ्चालनमा छ ।

घर भाडाबाट आउने लाखौँ रुपैयाँ संस्थाका पदाधिकारीले घुमघाम गरेर सिध्याएको आरोप लगाइएको छ । घरभाडाको रकम लेखा अधिकृत गौतम, स्टोर किपर पाण्डेले संस्थाको खातामा दाखिला नगरी आफ्नै खातामा राख्ने गरेको प्रमाणसमेत फेला पारिएको समितिले जनाएको छ ।

सरकारले विशेष शिक्षा परिषद्बाट शारीरिक अपाङ्गता भएका बालबालिकाका लागि वार्षिक रु ७० लाखसम्म उपलब्ध गराउँछ । केन्द्रले सञ्चालन गरेको विशेष विद्यालयमा २०० विद्यार्थी अध्ययन गरिरहेकामा ३५ जनामात्र शारीरिक अपाङ्गता भएका छन् । ती विद्यार्थीका लागिसमेत राम्रो व्यवस्था हुन नसकेको जनाइएको छ ।

सङ्घले सञ्चालन गरेको नेपाल अर्थोपेडिक अस्पतालमा पनि अनियमितता भएको सङ्घर्ष समितिको आरोप छ । अस्पताल सञ्चालन समितिको अध्यक्षसमेत रहनुभएका बेला महर्जनले सङ्घको अपाङ्ग कल्याणकारी कोषबाट रु ४८ लाख लिई संस्थाको नाममा गाडी किनी व्यक्तिगत रुपमा प्रयोग गरेको आरोप लगाइएको छ ।

संस्थामा विवाद भएपछि नगर प्रमुख सन्तोष चालिसेको संयोजकत्वमा समन्वय समिति गठन भएको थियो । केन्द्रमा आएको विवाद समाधानका लागि प्रयास गरेको उहाँले बताउनुभयो । प्रयास गरिरहेकै बेला अदालतबाट समन्वय समितिलाई कुनै काम नगर्नु भनी ‘स्टे अर्डर’ आएकाले पछि केही नगरेको नगरपालिकाले जनाएको छ । विद्यालय भने नगरपालिकाअन्तर्गत नै सञ्चालनमा रहेको छ ।

वडा नं। ६ का अध्यक्ष रमेश अर्यालको संयोजकत्वमा गठन भएको छानबिन समितिले पनि अनियमितता भएको ठहर गरेको थियो । केन्द्रको रु २५ लाख सहकारीमा राखी बढी ब्याज लिएर संस्थाको आयमा भने कम देखाएको तथ्य छानबिनका क्रममा भेटिएको अध्यक्ष अर्यालले राससलाई जानकारी दिए। यस विषयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो ।

केन्द्रका अध्यक्ष धनजुजु श्रेष्ठ आफू अध्यक्ष हुनुभन्दा अघिको गतिविधिलाई लिएर अहिले तालाबन्दी भएको बताउछन्। संस्थामा गलत क्रियाकलाप गर्नेलाई कानुनी कारवाहीको दायरमा ल्याउन आफू तयार रहेको उल्लेख गर्नुहुँदै उहाँले सङ्घर्ष समितिले तालाबन्दी खोल्नुपर्ने बताए। वार्ताका माध्यमबाट समस्या समाधानका लागि आफूले पहल गरिरहेको उनले बताए । केन्द्रमा अनियमितता भएको भन्दै पटक पटक तालाबन्दी गरी विरोध भए पनि समस्या समाधान हुन सकेको छैन ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending