Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ३७ करोड ८१ लाख

विराटनगर । विराटनगर महानगरपालिकाको छैटौँ नगरसभाले आर्थिक वर्ष २०७७/७८ का लागि कूल रु तीन अर्ब ३७ करोड ८१ लाख १० हजारको वार्षिक बजेट आज सार्वजनिक गरेको छ ।

जसमा आन्तरिक आम्दानीतर्फ रु ८९ करोड ८२ लाख ९६ हजार ७००, सङ्घीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँटतर्फ रु ७६ करोड ८२ लाख ५२ हजार, सङ्घीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरणतर्फ रु ३८ करोड सात लाख ६८ हजार र सङ्घीय सरकारको सशर्त अनुदानतर्फ रु एक अर्ब दुई करोड नौ लाख रहेको छ । त्यस्तै प्रदेश सरकारको सशर्त अनुदानबाट आउने रु दुई करोड १० लाख नौ हजार, सङ्घीय सरकार विशेष अनुदानतर्फ रु १३ करोड, प्रदेश सरकार समपूरक अनुदानतर्फ रु तीन करोड, वैदेशिक र अन्य सङ्घसंस्था अनुदानतर्फ रु तीन करोड २६ लाख ७८ हजार र जनसहभागिताबाट प्राप्त हुने रु नौ करोड ६२ लाख पाँच हजार रकम देखाइएको छ ।

विनियोजित कूल व्ययतर्फ रु तीन अर्ब ३७ करोड ८१ लाख मध्ये प्रशासनिक खर्चतर्फ रु ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षातर्फ रु ३६ करोड, वातावरण तथा फोहरमैला व्यवस्थापनतर्फ ल्याण्डफिल्ड साइटको जग्गा खरिदसहित रु ११ करोड ४९ लाख ५० हजार रहेको छ । त्यस्तै नगर स्वास्थ्यतर्फ सङ्घीय सरकारसमेत रु ११ करोड ५७ लाख ९५ हजार र शैक्षिक विकास कार्यक्रमतर्फ रु ५६ करोड १३ लाख पाँच हजार, महिला बालबालिका एवं युवा विकास तथा खेलकूदमा रु दुई करोड नौ लाख २४ हजार, अन्य कार्यक्रममा रु छ करोड ५२ लाख २१ हजार र भौतिक पूर्वाधारलगायत अन्य पूँजीगत खर्च रु एक अर्ब ७१ करोड ७९ लाख ६५ हजार विनियोजन गरेको उपप्रमुख इन्दिरा कार्कीले बजेट सार्वजनिक कार्यक्रममा जानकारी दिए ।

सोही अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले आर्थिक वर्ष २०७७÷७८ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरे। उनले नीति तथा कार्यक्रमका आधारमा बजेट निर्माण गरेको जानकारी दिँदै पूर्वाधारसम्बन्धी, सूचनासम्बन्धी, वित्तीय व्यवस्थापन राजश्व परिचालन, सामाजिक विकाससम्बन्धी नीतिअन्तर्गत शैक्षिक, युवा, खेलकूद, नगर स्वास्थ्यसम्बन्धी, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी, पर्यटन, भाषा, कला तथा संस्कृति संरक्षण सम्बन्धमा लिएको नीतिले नगर क्षेत्रमा आमूल परिवर्तन ल्याउने विश्वास दिलाए ।

उनले बालबालिका, गैरसरकारी सङ्घसंस्था, सहकारी, विपद् व्यवस्थापन, वातावरण संरक्षण एवं प्रवद्र्धन, खानेपानी तथा सरसफाइ, पशुपक्षी तथा कृषि विकास र भूमिसम्बन्धमा लिएको नीतिले बनाइएको बजेटबाट विराटनगरको ऐतिहासिकता प्रस्ट भई आधुनिक विराटनगर निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले विगतका बेतिथि र गलत संस्कारलाई हटाउन जनप्रतिनिधिले अग्रसरता लिनुपर्ने भन्दै अहिलेको अवस्थालाई अवसरका रुपमा लिएर जनप्रतिनिधिहरु जनताका भावना र इच्छानुसार काम गर्नुपर्ने सुझाव दिए ।

प्रदेश प्रमुख ‘प्यासी’ले भ्रष्टाचारमुक्त समाज निर्माण भएमा सुशासनको आधारशिला मजबुत हुने भन्दै विराटनगरको ऐतिहासिकतालाई कसैले पनि मेटाउन नसकिनेमा जोड दिए । उनले महानगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई दिएको प्राथमिकताबाट नगरमा समृद्धि आउने विश्वास व्यक्त गरे ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोनाका कारण तीनै तहका सरकारको नीति तथा कार्यक्रम प्रभावित भएको चर्चा गर्दै प्रदेश सरकारले विराटनगर क्षेत्रमा वीरेन्द्र सभागृह, शहीद मैदान, बैजनाथपुर रङ्गशाला, विराट राजाको दरबारको संरक्षण, केशल्या नदीमा तटबन्ध, परोपकार घाटको स्तरोन्नति गर्न बजेट विनियोजन गरेको छ भने ।

सांसद अमनलाल मोदीले ऐतिहासिक शहर विराटनगरलाई आधुनिक शहर बनाउने सबैको चिन्तन र चाहनालाई महानगरपालिकाबाट पूरा हुने विश्वास व्यक्त गरे । प्रदेशसभा सदस्य केदार कार्कीले सङ्घीय सरकारले विराटनगर महानगपालिकामा बजेट कम दिएकामा दुःख व्यक्त गरे । नेपाली काँग्रेस मोरङका सभापति डिकबहादुर लिम्बू, जनता समाजवादी पार्टीका नगर सभापति मोहम्मद नसरुल, काँग्रेसका नगर सभापति अरुण न्यौपाने, नेपाल कम्युनिस्ट पार्टीका नगर संयोजक सागर थापा र प्रजातन्त्र सेनानी शिवदत्त भट्टराईले नगरपालिकाका जनप्रतिनिधिले जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रजातन्त्र सेनानी एवं ज्येष्ठ नागरिक रमाप्रसाद रिजाल, शान्ता अधिकारी, शिवदत्त भट्टराई, श्यामबहादुर सुब्बा लिम्बू, तोरेन्द्रमान प्रधान र गोपालप्रसाद शर्मालाई नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी जीवन निर्वाह भत्ताबापत जनही मासिक रु दुई हजार ५०० सहित सम्मान गरियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending