काठमाडौं । कोभिड–१९ को जोखिमका कारण जारी रहेको आंशिक बन्दाबन्दीको अवस्थामा सवारी पासविना चर्को भाडा लिएर सार्वजनिक सवारी साधन सञ्चालन गरेको फेला परेको थियो ।
तोकिएभन्दा बढी भाडा लिएर सवारी पासविना नै यात्रु ओसारपसार गरेको फेला परेपछि आज तीन चालकलाई महानगरीय प्रहरीवृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउपर्नेमा नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बा४ख ४५८० नंको माइक्रो चालक राहुल डबगर, झापाबाट काठमाडौँ आउँदै गरेको ना५ख ५८३४ नम्बरको यात्रुबाहक बसका चालक सुनसरीका राकेश शाक्य र नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना७ख ७३९५ नंका बस चालक बाँकेका रुद्रबहादुर खत्री रहेका छन् ।
प्रारम्भिक सोधपुछको क्रममा राहुल डबगरले प्रतियात्रु दुई हजार भाडा लिइ सात जना यात्रीबाट १४ हजार रकम लिएको तथा एक जना यात्रीलाई चितवनबाट चढाइ ८०० भाडा लिएको, शाक्यले १९ जना यात्रु बोकी आएकामा प्रतियात्रु दुई हजारका दरले ३८ हजार लिएको तथा खत्रीले १५ जना यात्रु बोकी आएकामा प्रतियात्रु दुई हजारको दरले लिएको खुल्न आएको छ ।
उक्त सवारी साधनमा सवार ४२ जना यात्रुलाई कीर्तिपुर राधाश्वामी सत्संग होल्डिङ जोनमा आवश्यक व्यवस्थापनका लागि पठाइएको छ । चालकलाई सवारी साधन, बरामद रकमसहित सङ्क्रमण रोग ऐन, २०२० अन्तर्गत आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ पठाइएको महानगरीय प्रहरीवृत्त थानकोटले जनाएको छ ।
प्रहरीले बिहीबार पनि छ जना यात्रु बोकी नेपालगञ्जबाट थानकोटतर्फ आउँदै गरेको बा ४ ख ७३७३ नंको माइक्रो बसरका चालक बाँके नेपालगञ्जका विकास शर्मालाई पक्राउ गरेको थियो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: