सुर्खेत । रोजगारीको सिलसिलामा भारत गएका कर्णालीका ४१ हजारभन्दा बढी नागरिक स्वदेश फर्केका छन् ।
वैशाख महिनासम्म दुई हजार ४०० नागरिक बबई नाकाबाट कर्णालीमा प्रवेश गरेकामा जेठ महिनामा त्यो सङ्ख्या १९औँ गुणाले बढेर आयो । जेठ ६ गतेदेखि दैनिक हजारौँ मान्छे आउने क्रम निर्वाध चलेपछि यो महिनाको २९ गतेसम्म ३८ हजार ७१२ नागरिक कर्णाली भित्रिएको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले जानकारी दिए ।
“कर्णाली भित्रिनेमा सबैभन्दा बढी नागरिक दैलेखका करिब १४ हजार र दोस्रोमा सुर्खेतका ११ हजार २४२ नागरिक रहेका छन्”, उनले भने, “त्यस्तै, कालीकोटका पाँच हजार, जाजरकोटका तीन हजार ५२१, सल्यानका तीन हजार ५१८, रुकुमपश्चिमका एक हजार ४४७, मुगुका एक हजार ३५०, जुम्लाका एक हजार २५७ र हुम्लाका २७५ नागरिक कर्णाली प्रवेश गरेका छन् ।” डोल्पा जिल्लामा भने भारतबाट आउनेको सङ्ंख्या शून्य रहेको उनले बताए।
भारतबाट ४१ हजारभन्दा बढी नागरिक कर्णाली भित्रिए पनि अझै आउने क्रम रोकिएको छैन । जेठको १५ देखि २९ गतेसम्म २८ हजार २६४ नागरिक कर्णाली भित्रिएको रेडक्रस जिल्ला शाखा सुर्खेतका सभापति नरहरि रेग्मीले जानकारी दिए । “हामीले यो अवधिमा भारतबाट आएका २५ हजार ४६० नागरिकलाई खाना, पानी र २८ हजार २६४ लाई सुर्खेतको छिन्चुमा पानी उपलब्ध गराएका छौँ”, सभापति रेग्मीले भने, “यो सेवामा कोपिला भ्याली सेवा समाज, लायन्स क्लब, जेसिस सुर्खेत, युनिसेफ, विश्व खाद्य, सङ्गठन र उद्योग वाणिज्य सङ्घको पनि सहयोग रहेको छ ।”
यसमा कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले खाद्यान्न उपलब्ध गराएको छ । प्रदेश सरकारले छिन्चुमा खानाका प्रबन्ध गरेपछि पछिल्लो समयमा भारतबाट कर्णाली फर्किने नागरिकले खाना र पानी राम्रोसँग पाएको भारतबाट स्वदेश फर्केका कालीकोटका दुर्ग बोगटीले बताए । सरकारले खाना र पानीका साथै उद्धार पनि राम्रैसँग गरेको तिला गाउँपालिका–४ जुम्लाका सुरेश सुनारले बताए ।
भारतबाट आएका ४१ हजार नागरिकमा अहिले तीन हजार ९३ महिला र २७ हजार पुरुष गरी करिब ३० हजारको हाराहारीमा क्वारेन्टिनमा छन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीका अनुसार ७०७ पुरुष र ५६ महिला गरी ७६३ कोरोना सङ्क्रमितमध्ये ७३१ आइसोलेशनमा रहेका छन् । ६० जना कोरोना जितेर घर फर्किसकेका छन् ।
एक साताअघि दैनिक चार हजारको सङ्ख्यामा आउने नागरिक अहिले दैनिक एक हजारमा झरेको छ । यद्यपि आउने क्रम नरोकिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेश सरकारले यो अवधिमा १५÷२० हजार नागरिक भित्रिने गरेको अनुमानभन्दा शतप्रतिशत बढेर आएपछि सरकारलाई व्यवस्थापनमा समस्या भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक रीता भण्डारी ९जोशी०ले जानकारी दिए ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले भारतबाट आउनेको सङ्ख्या दैलेखमा बढी भएको र कोरोना सङ्क्रमण पनि तीव्ररुपले देखिन थालेपछि सरकार दैलेखको समस्या समाधानका लागि लागिपरेको बताए । यता सामाजिक विकासमन्त्री दल रावलले भारतबाट भित्रिने नागरिकलाई केन्द्रमा राखेर दैनिक एक हजारको पिसिआर परीक्षण गर्ने तयारी भइरहेको बताउँदै कोरोना महामारीबाट प्रभावित जिल्ला दैलेखमा सरकार केन्द्रित रहेको बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: