Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

जटिल कोरोना सङ्क्रमित विशिष्टीकृत अस्पताल पठाउन मुख्यमन्त्रीको निर्देशन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरसका जटिल प्रकृतिका सङ्क्रमितलाई विशिष्टीकृत अस्पताल पठाउन निर्देशन दिएका छन्। जिल्ला विपद् व्यवस्थापन केन्द्र कालीकोटको आज बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले कोरोना सङ्क्रमण जटिल देखिएका बिरामीलाई प्रदेश सरकारले निर्धारण गरेका विशिष्टीकृत अस्पतालमा पठाउन निर्देशन गरेको हो । प्रदेश सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल सुर्खेत र चौरजहारी सामदायिक अस्पताल रुकुमपश्चिमलाई विशिष्टीकृत अस्पतालका रूपमा तोकेको छ ।

उनले सामान्य सङ्क्रमितलाई नगरपालिकाकै आइसोलेसनमा व्यवस्थापन गर्ने, लक्षण देखिएका सङ्क्रमितलाई जिल्ला अस्पतालमा उपचार गर्ने गरी व्यवस्थापन गर्न सुझाए । हरेक स्थानीय तहले ५०, जिल्लामा १०० श्यया आइसोलेसनको व्यवस्थापन गर्नुपर्नेमा बतोएका मुख्यमन्त्री शाहीले कोरोना सङ्क्रमितको ओसारपसार गर्न जिल्लामा भएका सबै एम्बुलेन्स प्रमुख जिल्ला अधिकारीको मातहतमा राखी परिचालन गर्ने, हाल सञ्चालन रहेका एम्बुलेन्स अपुग भएमा ठूला गाडी भाडामा लिएर व्यवस्थापन गरिने जनाए ।

पिसीआर परीक्षणको दायरा बढाउने जनाउँदै उनले कोरोना महामारीले निम्त्याएको विषम परिस्थितिसँग जुध्न अग्रभागमा रहेर काममा निर्वाध लागिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलाई धन्यवाद दिएका थिए। सबैले आ–आफ्नो क्षेत्र एवं तहबाट सरकारले जारी गरेका नियम, नीति, निर्देशनको पालना गर्दै अघि बढे कोरोनासँगको लडाइँ सुनिश्चित हुने उनको भनाइ थियो । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा गरिएका पहलबारे प्रमुख जिल्ला अधिकारी चन्द्रपसाद गैरेले मुख्यमन्त्री शाहीलाई जानकारी गराएका थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending