सप्तरी । प्रहरी र कर्मचारी पछि आज स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी संशकित भएका छन् । बोदे बर्साइन नगरपालिका–५ स्थित चन्द्र नमूना माविको क्वारेन्टिनका इञ्चार्ज एवं स्वास्थ्यचौकी प्रमुखमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा बोदे बर्साइन स्वास्थ्यचौकी प्रमुखमा कोरोना सङ्क्रमण भेटिएको बताए। सप्तरीमा सङ्क्रमित हुने स्वास्थ्यकर्मीमा उनी पहिलो छन् । सङ्क्रमित स्वास्थ्यकर्मीलाई आज राजविराजस्थित साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलमा रहेको आइसोलेसन सेन्टर ल्याइएको छ ।
यसअघि यही जेठ १५ गते सोही क्वारेन्टिनमा खटिएका प्रहरी हवल्दार र कार्यालय सहयोगीसहित क्वारेन्टिनमा बसेका १२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यसअघि जेठ १३ गते सोही क्वारेन्टाइमा बसेका आठ जना सङ्क्रमित भएका थिए । जिल्लाको सबैभन्दा बढी सङ्क्रमित देखिएको बोदे बर्साइनमा सङ्क्रमितको सङ्ख्या २० पुगेको छ । सुरुङ्गा नगरपालिकास्थित मसिलाल जनता माविको क्वारेन्टिनमा सुरक्षार्थ खटिएका इलाका प्रहरी कार्यालय कडरबोनामा कार्यरत प्रहरी सहायक निरीक्षक पनि जेठ १३ गते सङ्क्रमित भएका थिए ।
क्वारेन्टिनमा खटिएका प्रहरी, कर्मचारीपछि बोदे बर्साइन–५ भाटिनका ५० वर्षीय स्वास्थ्यचौकी प्रमुखमा समेत कोरोना सङ्क्रमण पुष्टि भएपछि क्वारेन्टिनमा खटिएका अन्य स्वास्थ्यकर्मी र कर्मचारी सशङ्कित भएका हुन् । क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि अहिले जिल्लाभरका स्वास्थ्यकर्मी त्रसित बनेका छन् । स्थानीय तहका फिल्डमा खटिने सबै स्वास्थ्यकर्मीको स्वाब दुई/दुई सातामा जाँच गर्न स्वास्थ्यकर्मीले माग गरेका छन् । जिल्लाका १८ मध्ये १२ स्थानीय तहमा सङ्क्रमण देखिएको छ ।
कोरोनासम्बन्धी समाचार सङ्कलन गर्ने पत्रकारसमेत उच्च जोखिममा रहेको वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले बताए । जिल्लाका सङ्क्रमित स्थानीय तहमा सञ्चारकर्मी बिना सुरक्षा उपकरण क्वारेन्टिनमा छिर्ने, अन्तर्वार्ता लिने, भिडियो बनाउने, फोटो खिच्ने, भारतबाट आएका र सीमामा रहेकाबीच गएर समाचार सङ्कलन गर्ने कार्यले गर्दा उनीहरु जोखिममा रहेका उनले बताए। जिल्लामा क्वारेन्टिनमा बसेकासँगै प्रहरी, प्रशासन, कर्मचारी, स्वास्थ्यकर्मीको पिसिआर परीक्षण हुँदै आए पनि पत्रकारको नभएको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: