Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

थप आठ प्रकारका मुद्दामा सुनुवाइ गर्ने सर्वोच्च अदालतको निर्णय

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठकले कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका अवस्थामा थप आठ प्रकारका मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीशहरुको बुधबार बसेको सो बैठकले थप आठ प्रकारका मुद्दा सुनुवाइ शुरु गर्ने निर्णय गरेको सर्वोच्च अदालतका उपरजिष्ट्रार देवेन्द्र ढकालले जानकारी दिए।

सर्वोच्च अदालतले बन्दाबन्दी जारी भएपछि शुरुमा बन्दीप्रत्यक्षीकरण र महामारीसम्बन्धी मात्र मुद्दाहरुको सुनुवाइ शुरु गरेको थियो । त्यसपछि सेवाग्राही उपस्थित नहुँदा हुने मुद्दा र सार्वजनिक सरोकारका रिट निवेदनमाथि सुनुवाइ शुरु गरी अहिले थप आठ प्रकारका सुनुवाइ गर्ने निर्णय गरेको हो ।

बैठकले बन्दाबन्दीको अवधिमा दर्ता हुन आएको रिट निवेदनको कारवाही र सुनुवाइ गर्ने, सम्बन्धित पक्ष वा कानून व्यवसायी उपस्थित हुन सक्ने अवस्थाका मुलुकी फौज्दारी कार्यविधि संहिताअनुसारको निवेदनको कारवाही र सुनुवाइ गर्ने निर्णय गरेको छ ।

पक्ष वा कानून व्यवसायी उपस्थित हुनसक्ने अवस्थाका दरपीठ आदेशविरुद्धका निवेदन, बन्दाबन्दीअघि दर्ता भई कारवाहीयुक्त अवस्थामा रहेको र पक्ष वा कानून व्यवसायी उपस्थित हुनसक्ने मुद्दाको सुनुवाइ शुरु गर्ने निर्णय गरेको हो ।

बैठकले कानून व्यवसायी नियुक्त नगरिएका थुनामा रहेका व्यक्ति पुनरावेदक भई वैतनिक वकिलमार्फत प्रतिनिधित्व हुने मुद्दाको सुनुवाइ, सरकार पुनरावेदक भएका मुद्दामा प्रत्यर्थी झिकाउने आदेश भई प्रतिवादीले म्याद गुजारी चैत ९ गतेअघि म्याद थमाउने अवधि समाप्त भएका मुद्दाको सुनुवाइ थालनी गर्ने निर्णयमा उल्लेख छ ।

पक्ष तारिखमा नरहेको वा तारिख गुजारी थमाउने अवधि समाप्त भएका र कानून व्यवसायी उपस्थित हुन नसक्ने मुद्दाको सुनुवाइ हुने, मिलापत्र र मुद्दा फिर्तासम्बन्धी कारवाही आजदेखि नै शुरु भएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending