ब्रसेल्स । यूरोपेली संघ (इयू) का प्रमुख कार्यकारी अधिकारी तथा उच्च कुटनीतिज्ञले शनिबार एक विज्ञप्ति जारी गरी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई आफ्नो समूहको सहयोग निरन्तर रहने बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार महममारीका समय डब्लुएचओको भूमिकामाथि प्रश्न गर्दै अमेरिकाले उक्त संस्थालाई दिँदै आएको बजेटलाई अन्यत्र लगानी गर्ने तर विश्व स्वास्थ्य संगठनलाई भने नदिने घोषणा गरेपछि इयूको धारणा सार्वजनिक भएको हो ।
इयूले अमेरिकालाई डब्लुएचओबारे शुक्रबार सार्वजनिक निर्णयमा पुनःविचार गर्न आग्रह गरेको छ ।
यूरोपेली आयोगका अध्यक्ष उर्सुला भोन देन लेयन र इयूका विदेश तथा सुरक्षा नीति मामिला उच्च प्रतिनिधि जोसेप बोरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “डब्लुएचओले महामारीको अन्तर्राष्ट्रिय व्यवस्थापनको जिम्मेवारीलाई अहिले र भविष्यमा पनि निरन्तरता दिनुपर्छ । यसका लागि सबैको सहभागिता र सहयोगको आवश्यकता हुन्छ । विश्वव्यापी सङ्कटबीच अहिले सहकार्यलाई बढाउँदै साझा समाधानको पहल हुनु जरूरी छ । अन्तर्राष्ट्रिय नतिजालाई कमजोर पार्ने कुनै पनि कार्यलाई रोक्नुपर्छ ।”
विज्ञप्तिमा भनिएको छ, “यो अवस्थामा हामीले अमेरिकालाई उसले शुक्रबार सार्वजनिक गरेको निर्णयलाई पुनः विचार गर्नुपर्छ ।”
विश्वले कोभिड–१९ को महामारीसँग जुझिरहेका समय सबैको प्रमुख काम मानिसहरूको ज्यान जोगाउने र महममारीलाई नियन्त्रणमा राख्ने तथा अन्त्य गनु हुनेछ । इयूले यसका लागि डब्लुएचओलाई साथ दिनेछ र यस अघि नैथप बजेटको व्यवस्थापनमा सघाइसकेको छ । सिन्ह्वा
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: