Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

अमेरिकाको दर्जनौं शहरमा हिंसा भड्किएपछि सैन्य प्रहरी तैनाथ

\"\"
New York City. Manhattan downtown skyline with illuminated Empire State Building and skyscrapers at sunset.

जेम्स ल्यापोर्टा । संयुक्तराज्य अमेरिकाका दर्जनौं शहरहरूमा शुक्रबार हिंसा भड्किएसँगै रक्षा मन्त्रालयले मिनियापोलिस राज्यमा सेना परिचालन गर्नेगरी सेनालाई सतर्क अवस्थामा राखिएको जनाएको छ ।

अमेरिकी राज्य मिनियापोलिसमा प्रहरीले घाँटी थिचेर एक निहत्था अश्वेत अफ्रिकी अमेरिकी युवक जर्ज फ्लोयडको मृत्यु भएपछि भड्किएको हिंसा देशव्यापी बनेको छ ।

प्रत्यक्षदर्शीका अनुसार हतकडी लगाइएका ती युवकको घाँटीमा घुँडाले बेस्सरी धेरैबेर थिचिएको थियो । शास फेर्न मुश्किल भएको भन्दै उनले याचिका गरे पनि प्रहरीले उनको कुरा सुनेका थिएनन् । ती युवक एउटा पसलमा झुटो बिल देखाएको आशंकामा पक्राउ परेका थिए ।

प्रहरी क्रुरताको नजिकैबाट एकजना बटुवाले खिचेको भिडियोमा प्रहरीले फ्लोयडको घाँटीमा घुँडा टेकेको देखाइएको छ । फ्लोयडको प्रहरी चोटपटकका कारण उपचारकै क्रममा मृत्यु भएको थियो । घाँटी थिच्ने प्रहरी अधिकृत डेरेक चौविन पक्राउ परेका छन् भने उनलाई शुक्रबार व्यक्तिहत्याको आरोप लगाइएको छ ।

अनुसन्धानका क्रममा ती प्रहरीले फ्लोयडको घाँटी करिब ८ मिनेटसम्म थिचेको देखिएको छ ।
प्रहरीको उक्त क्रुरतासँगै शुरु भएको विरोध प्रदर्शनले देशव्यापी हिंसात्मक रुप लिएको छ । बिहीबार प्रदर्शनकारीहरुले फ्योयडलाई गिरफ्तार गरेर राखिएको मिनियापोलिसको एउटा प्रहरी चौकीमा आगो लगाइदिएका छन् । प्रहरीले हिंसा नियन्त्रणमा ल्याउन हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ ।

हिंसाले उग्र रुप लिएपछि नगर प्रमुख जेकब फ्रेले स्थानीय समयानुसार शुक्रबार राति ८ बजेदेखि लागू हुनेगरी शहरभर कफ्र्यु लगाएको घोषणा गर्नु भएको थियो । तर शहरको दक्षिणी भागमा हजारौं मानिस निषेधाज्ञाको अवज्ञा गर्दै सडकमा भेला भएका थिए । शुरुमा प्रदर्शन शान्त देखिएपनि केही समयपछि उनीहरुले कारहरुमा आगो लगाइदिनुका साथै पसलहरु तोडफोड गरियो । अन्ततः भीडले शहरका धेरै ठाउँका निजी तथा सार्वजनिक सम्पत्तिमा आगो लगायो ।
यो अस्थिरता र विरोध प्रदर्शन देशव्यापी हुनेक्रममा छ । वासिङ्टन डिसी, एटलान्टा, फिनिक्स, डेनभर र लस एन्जलस लगायतका ठूला अमेरिकी शहरहरूमा परिस्थिति विस्फोटक बनेको छ ।
प्रदर्शनमा सहभागी मिनियापोलिसका २६ वर्षीय युवक बेन हुबर्टले प्रदर्शनकारीले निषेधाज्ञाको अवज्ञा गर्नु र आगजनी गर्नु सामान्य रहेको प्रतिक्रिया दिए । फ्लोएडमाथि भएको बर्बर अन्यायका बारेमा उनी भन्छन्, “म पनि क्रुद्ध भएको छु । म आज धेरै दुःखित छु । यति लामो समयदेखि हामीमाथि अन्याय भइरहेको थियो । यो वर्षौंदेखि जारी थियो ।”

प्रहरी चौकी घेर्न पुगेका कतिपय “प्रहरीलाई कारबाही गर” भन्दै नारा लगाउँदै थिए ।

उत्तरी क्यारोलिनाको फोर्ट ब्राग र न्यू योर्कको फोर्ट ड्रमका ब्यारेकका सैनिकलाई तत्मयार रहन आदेश दिइएको छ । सेना परिचालनको आदेश जारी भएको खण्डमा चार घण्टाभित्र कार्यस्थलमा तैनाथ भइसक्ने गरी तयार रहन रक्षा मन्त्रालयले निर्देश गरेको छ ।

कोलोराडोको फोर्ट कार्सन तथा कन्सासको फोर्ट राइलेका सेनालाई पनि २४ घण्टाभित्र तयार भइसक्न आदेश दिइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले मिनियापोलिस शहरका केही भागमा लुटपाट र आगजनीका घटना उग्र बन्दै गएपछि प्रदर्शनलाई नियन्त्रणमा ल्याउन रक्षामन्त्री मार्क एस्परलाई सैनिक विकल्पमाथि विचार गर्न मौखिक आदेश दिएका थिए।

ट्रम्पले बिहीबार राति ओभल अफिसबाट रक्षामन्त्री एस्पर, राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायन र अन्य उच्च पदाधिकारीलाई फोन गर्नु भएको थियो । त्यसक्रममा राष्ट्रपति ट्रम्पले रक्षामन्त्री एस्परलाई मिनियापोलिसको विरोध प्रदर्शन नियन्त्रण बाहिर गएको स्थितिमा द्रुत सेना परिचालनको विकल्पमाथि विचार गर्न आग्रह गर्नु भएको रक्षास्रोतले जनाएको छ ।

रक्षा मन्त्रालय स्रोतका अनुसार राष्ट्रपतिको आदेशमा विद्रोह नियन्त्रण ऐन १८०७ अन्तर्गत सेना परिचालन हुनेछ । यसअघि यो ऐन सन् १९९२ मा रड्नी किङको सुनुवाईका क्रममा लस एन्जलसमा हिंसा भड्किएपछि लगाइएको थियो ।

मिनेसोटाका गभर्नर टिम वाल्जले राज्यका करिब ५०० राष्ट्रिय गार्ड सैनिकलाई मिनियापोलिस, सेन्ट पल र वरपरका समुदायहरूको सुरक्षाका लागि खटाउनु भएको छ ।

तर पेन्टागनका एक प्रवक्ताले वाल्जले सैनिक परिचालनका लागि आदेश नदिएको दाबी गरेका छन् ।

ह्वाइट हाउसकी संचार निर्देशक एलिसा फराहले सेना परिचालनको सम्भावनाबारे ह्वाइट हाउसले कुनै निर्णय नगरेको स्पष्ट गरे।

प्रदर्शनकारीले एटलान्टास्थित सिएनएनको मुख्यालयका झ्यालका सिसा फुटाइदिएका छन् । प्रहरीको कारमा आगो लगाउनुका साथै बोटलले प्रहरीले हिर्काएका छन् । उता न्यूयोर्क, ह्यूस्टन, वासिङ्टन डिसी र अरु दर्जनौं शहरमा विरोध प्रदर्शन भइरहेका छन् । तुलनात्मक रुपमा शान्तिपूर्ण भएका यी प्रदर्शनमा सहभागीहरुले सडक अबरुद्ध गर्नुका साथै कतिपय ठाउँमा प्रहरीसँग झडप भएको छ ।

शुक्रबार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोयडका परिवारजनलाई टेलिफोन गरी आफ्ना तर्फबाट दुःख प्रकट गरेको बताए । उनले आफूले फ्लोयडमाथि भएको प्रहरी कारबाहीको भिडियो हेरेको र त्यसमा कुनै क्षमा दिन नसकिने बताए।फ्लोयडको मृत्युका बारेमा राज्य र संघीय निकायहरुले विस्तृत अनुसन्धान शुरु गरेका छन् ।एपी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending