Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

भारतबाट आउनेको स्वाब परीक्षणपछि मात्रै गाउँ पठाउन स्थानिय तहको माग

पाँचथर । पाँचथरका स्थानीय तहका प्रमुखहरुले भारतसहित विदेशबाट आउने नागरिकलाई स्वाब परीक्षण गरेपछि मात्रै गाउँ पठाउन माग गरेका छन् । जिल्ला समन्वय समितिले हालै फिदिममा आयोजना गरेको भेलामा स्थानीय तहका प्रमुखहरुले विदेशबाट आएकाको स्वाब परीक्षण नगरी गाउँ पठाउँदा उत्पन्न हुने परिस्थिति सामना गर्न कठीन हुने बताएका हुन् । शीघ्र डाइग्नोष्टिक परीक्षण ९आरडिटी० विश्वासनीय नभएको बताउँदै उनीहरुले पीसीआरपछि मात्रै विदेशबाट आएकालाई गाउँ पठाउन माग गरेका छन् ।

बाहिरबाट आउनेहरु गाउँमा पुगेपछि न क्वारेन्टिन प्रभावकारी हुन्छ न त होम क्वारेन्टिन नै’, जिल्लाको हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङ्देनले भने, ‘आरडिटी परीक्षणप्रति आम मानिसमा विश्वास छैन । यसैले विदेशबाट आउने सबैको स्वाब परीक्षण गरेपछि मात्रै गाउँ पठाइयोस् ।’ अध्यक्ष लिङ्देनले बिना परीक्षण विदेशबाट ल्याइएकालाई गाउँ पु¥याउँदा सङ्क्रमण फैलने डरसमेत उत्तिकै रहने बताए । भारतसहित अन्य मुलुकमा अलपत्र परेका तथा उद्धार गर्नुपर्ने अवस्थाका नागरिकलाई गाउँमा ल्याएर राख्ने विषयमा स्थानीय तहका जनप्रतिनिधिले यस्तो गुनासो गरेका हुन् । उहाँहरुले विदेशबाट ल्याइने नागरिककै कारण गाउँ–गाउँमा कोभिड–१९ को सङ्क्रमण फैलन त्राससमेत ब्यक्त गरेका छन् ।

तुम्बेवा गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले सदरमुकाम आसपासमा ब्यवस्थित क्वारेन्टिन निर्माण गरी विदेशबाट आउनेहरुलाई दुई सातासम्म राख्ने प्रवन्ध गर्न आग्रह गरे । ‘बरु क्वारेन्टिनमा भएको खर्च हामी आफैँ ब्यहोर्छौँ’, अध्यक्ष थापाले भने, ‘सकभर विदेशबाट आउनेहरुलाई फिदिममै राखियोस् ।’ सदरमुकाम बाहिरका स्थानीय तहहरुमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी प७थभलसर्याप्त नहुँदा विगतमा क्वारेन्टिन सञ्चालन एवम् सुरक्षा कायम गर्न कठीनाई परेको जिल्लाको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङ तथा कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङको निश्कर्ष छ । ‘प७थभलसर्याप्त सुरक्षाकर्मी नहुँदा हामीले क्वारेन्टिन ब्यवस्थापमा स्वयम्सेवकसमेत परिचालन ग७थभलसर्यौ’, कुम्मायक गाउँपालिकाका अध्यक्ष चेम्जोङले भने, ‘स्थानीयवासी भएकै कारण क्वारेन्टिनमा बस्नेले स्थानीय तहलाई पत्याएनन् । ब्यवस्थापनमा समस्या भयो ।’

विगतमा विदेशबाट आएका, तिनको सम्पर्कमा पुगेका तथा जिल्ला बाहिरबाट ल्याइएकालाई यहाँका क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनमा राख्दा अनावाश्यक झन्झट ब्यहोर्नु परेको तथा क्वारेन्टिनमा बस्नेले अनावाश्यक सुविधा खोजेको स्थानीय तहका जनप्रतिनिधिहरुको साझा गुनासो छ । जनप्रतिनिधिले रोजगारीका लागि खाडी मुलुकलगायत अन्य देशमा गएका नागरिकसमेत स्वदेश फर्कनसक्ने भएकाले सदरमुकाम आसपासमा ब्यवस्थित क्वारेटिन निर्माण गर्नुपर्ने आवश्यकतासमेत औँल्याएको छ । ‘सङ्क्रमण फैलने क्रमले चाँडै यो महामारी रोकिने देखिएन । त्यसैले स्वास्थ्य र सुरक्षालाई ध्यान दिएर अस्थायी तर ब्यवस्थित क्वारेन्टिन बनाऔँ’, हिलिहाङ गाउँपालिकाका अध्यक्ष लिङ्देनले भने ।

काठमाण्डौँबाट यहाँका वासिन्दा ल्याइएपछि जनप्रतिनिधिले अतिरिक्त दबाव भोग्नुपरेको गुनासो गरेका छन् । ‘धेरै सङ्क्रमित भएका तराईका जिल्लाबाट समेत गाउँ आउन पाउनुप¥यो भनेर दर्जनौँ फोन आउँछन्’, जिल्लाको फालेलुङ गाउँपालिकाका अध्यक्ष सञ्चकुमार केरुङले भने, काठमाण्डौैँमा बस्नेलाई लैजाने, हामीलाई नलैजाने भन्छन् । ल्याउन पनि नहुने, नल्याउँदा पनि नहुने स्थिति आइप¥यो ।’

जिल्ला याङवरक गाउँपालिकाकी उपाध्यक्ष कमलकुमारी योङहाङ रातारात एम्बुलेन्स तथा खाद्यान्न ढुवानी गर्ने साधनमा आउनेले स्थानीय तहलाई समस्या थपदिएको बताउँछन् । कतिपय स्थानमा त सङ्क्रमित भेटिएका जिल्लाबाटै पैदल यात्रा गरेर आउने क्रमसमेत देखिएपछि जनप्रतिनिधिहरु चिन्तित बनेका छन् । ‘मोरङबाट हिँडेर केही घण्टामा आइपुग्छन् । आएर गाउँमा बस्छन् । पछि क्वारेन्टिनमा राखेर के गर्नु रु’ जिल्लाको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले भने, ‘इलामका कतिपय स्थानीय तहमा क्वारेन्टिनसमेत छैनन् ।

हामीले मात्रै सतर्कता अपनाएर के गर्नु ? सर्वपक्षीय भेलाले सदरमुकाम फिदिम नगरपालिका तथा सातवटै गाउँपालिकामा सरकारले तोकेको मापदण्डअनुसारका सकेसम्म धेरै वेड क्वारेन्टिन निर्माण गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले जानकारी दिए । भेलाका सहभागीहरुले महँगी नियन्त्रण गर्न, एम्बुलेन्सबाट भइरहेको आवागमन रोक्न, शिक्षक, कर्मचारी र दलका कार्यकर्तालाई क्वारेन्टिन ब्यवस्थापनमा खटाउनसमेत आग्रह गरेका थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies