कास्की । विश्वव्यापी फैलिएको कोभिड–१९ को महामारीबाट उत्पन्न हुने सम्भावित खाद्य सङ्कटसँग जुध्न यहाँको एक गाउँपालिकाले सबैलाई कृषि कर्ममा संलग्न गराउने लक्ष्य राखेको छ । कृषिमा आत्मनिर्भर बन्दै व्यावसायिक उत्पादनको योजनाअनुसार धेरै जनसङ्ख्यालाई कृषिमा आबद्ध हुने वातावरण बनाउन जिल्लाको मादी गाउँपालिकाले किसानलाई कृषि सामग्री, मल र बीउबिजन खरिदमा ५० प्रतिशत अनुदान दिने भएको छ ।
कोभिड–१९ का कारणले रोजगारी गुमाएर स्वदेश फर्किने युवा–युवतीलाई कृषि कर्ममा लाग्न उत्प्रेरित गर्ने तथा गाउँपालिकालाई उत्पादनमा आत्मनिर्भर बनाउनका लागि अनुदान दिन लागिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको तल्लो कृषियोग्य जमिनमा किसानलाई उत्पादनमा लगाइने र माथिल्लो क्षेत्रमा पशुपालनमा जोड दिने नीतिअनुसार हालै सम्पन्न कार्यपालिका बैठकले कृषि कर्म गर्न चाहना भएकाले अनुदानको दुरुपयोग नहुने स्पष्टताका साथ आवश्यक प्रक्रिया पूरा गरेपछि सो अनुदान उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ ‘श्याम’ले बताए ।
उनले भने, “कृषिमा यसअघि निश्चित कोटाअनुसार अनुदान दिने गरेका थियौँ, अहिले त्यसलाई खारेज गरेर कृषिमा काम गर्न चाहने सबैलाई मागअनुसार दिन थालेका छौँ । आगामी वर्षको नीति कार्यक्रममा यसलाई अझ व्यवस्थित गर्छौं ।” बीउबिजन, फलफूल बेर्ना, प्लास्टिक टनेल, असिना नेट, प्लास्टिक पोखरी, खेत जोत्ने ट्र्याक्टर, मौरी घारलगायत उत्पादन सामग्रीमा मागअनुसार सो अनुदान उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले पर्यटन र कृषिलाई समृद्धिको प्रमुख आधारका रुपमा तय गरेको थियो । हालको विषम् अवस्थाले पर्यटन क्षेत्र प्रभावित बनेको छ । नयाँ वर्षको अवसर पारेर आयोजना गर्ने तयारी गरेको पर्यटन महोत्सवसमेत कोभिड–१९ का कारणले स्थगन गरेको थियो । पर्यटन क्षेत्रका लागि चालू आवमा विनियोजित सबै बजेटसमेत कृषि र विपद् व्यवस्थापनमा रकमान्तरण गरिएको अध्यक्ष गुरुङले बताए । “कृषिबाट नै समृद्धि गर्ने लक्ष्यअनुसार कृषिलाई अब प्रमुख प्राथमिकतामा राखेका छौँ । यो वर्ष पर्यटन र अन्य खर्च हुन नसकेका योजनाको बजेटसमेत रकमान्तरण गरेर कृषिमा खर्च गरिने छ”, उनले भने ।
त्यसैगरी गाउँपालिकाले चालू वर्षको पशु विकास कार्यक्रमअन्तर्गत पाँचजना तथा कृषि विकास कार्यक्रमअन्तर्गत नौजना पशुपालक र तरकारीखेतीमा आबद्ध किसानलाई जनही रु दुई लाखका दरले अनुदान उपलब्ध गराउने भएको छ । गाउँपालिकाले गत वर्षबाट शुरु गरेको अध्यक्षसँग युवा स्वरोजगार कार्यक्रमअन्तर्गत ८७ जना कृषक तथा कृषि उद्यमीलाई यस वर्ष रु ५० हजारका दरले अनुदान उपलब्ध गराउने गरी छनोट गरेको छ । गाउँपालिकाको १२ वटै वडाबाट युवा स्वरोजगार कार्यक्रमअन्तर्गत प्राप्त आवेदनबाट किसानलाई छनोट गरिएको वडा नं ७ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता लालबहादुर गुरुङले जानकारी दिए ।
छनोट भएकासँग कार्यक्रम कार्यविधिअनुसार केहीदिनभित्रमा नै सम्झौता गरिने र शुरुमा ५० प्रतिशत र बाँकी रकम कार्यक्रम सम्पन्न गरेपछि गाउँपालिकाबाट गरिने अनुगमन निरीक्षणको प्रतिवेदनको आधारमा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । रासस
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: