Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

काभ्रेमा उच्च सतर्कता, परीक्षणको दायरा बढाइँयो

काभ्रे । कोरोना भाइरसबाट धुलिखेल अस्पतालमा हप्ताअघि एक महिलाको मृत्यु भएपछि काभ्रेपलाञ्चोकमा सावधानीपूर्वक परीक्षणको दायरा फराकिलो बनाइएको छ । जिल्लामा उच्च सतर्कता अपनाइ स्थानीय तहका स्वास्थ्य शाखामार्फत प्रारम्भिक परीक्षण ¥यापिड डायग्नोष्टिक टेष्ट ९आरडिटी० भइरहेको छ ।

कोरोना भाइरसको उच्च जोखिम बढ्दै गएपछि प्रारम्भिक परीक्षण ९आरडिटी०मा कोरोना भाइरस पोजेटिभ देखिए क्वारेन्टिन तथा आइसोलेसनमा राखी पिसीआर परीक्षण गर्ने गरिएको छ । हालसम्म काभ्रेपलाञ्चोकमा गरिएको पिसीआर परीक्षणमा कसैका रिपोर्ट पनि पोजेटिभ देखिएको छैन । पहिलो चरणमा कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न तथा राहत अभियानमा खटेका जनप्रतिनिधि एवं अगुवाको कोरोना भाइरसको प्रारम्भिक परीक्षण ९आरडिटी० गर्न थालिएको हो ।

केही स्थानीय तहका केही जनप्रतिनिधि तथा कर्मचारीबाहेकमा आरडिटी रिपोर्ट पोजेटिभ नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख एवं कोभिड–१९ रोकथाम तथा नियन्त्रण, जिल्ला कमाण्ड पोष्टका सदस्य डा।नरेन्द्र झाले बताए । उनका अनुसार आरडिटीमा पोजेटिभ देखिएकालाई क्वारेन्टिन तथा आइसोलेसनमा राखी पिसीआर प्रविधिबाट परीक्षण गरिँदै आइएको छ । झाका अनुसार पनौती र पाँचखाल नगरपालिकाका केही जनप्रतिनिधि र कर्मचारीमा आरडिटी पेजेटिभ आएपछि स्वाब सङ्कलन गरी क्वारेन्टिनमा राखेर पिसीआर परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

खानीखोला गाउँपालिकाबाहेक अन्य १२ स्थानीय तहमा कोरोना भाइरसको प्रारम्भिक परीक्षण भइरहेको झाले बताए । उनका अनुसार चौँरीदेउराली र तेमाल गाउँपालिकामा आजको परीक्षणमा दर्जनभन्दा बढी कर्मचारीलगायतमा आरडिटी पोजेटिभ देखिएकाले पिसीआर परीक्षण गर्न धुलिखेल अस्पताल पठाइएको छ ।

जिल्ला कमाण्ड पोष्टका अनुसार विदेशबाट काभ्रेपलाञ्चोक घर फर्किएकासमेत गरी एक हजार १५८ जनाको आरडिटी भइसकेको छ भने १३६ जनाको पिसीआर प्रविधिबाट कोरोना भाइरस परीक्षण भएको छ । झाले भने, ‘कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न एवं राहत अभियानमा खटेका जनप्रतिनिधि एवं अगुवाहरुको तथा कोरोनासँग मिल्दोजुल्दा लक्षण देखिएका सबैको परीक्षण भइरहेको छ, अझै यसको दायरा बढाउँदैछौँ ।’

गत बिहीबर राति धुलिखेल अस्पतालमा कोरोना भाइरसका कारण एक सुत्केरीको मृत्यु भएपछि काभ्रेपलाञ्चोकमा उच्च सतर्कता अपनाइएको जिल्ला सङ्कट व्यवस्थापन केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनले भने, ‘जिल्लास्थित राजमार्ग, अस्पताल एवं स्वास्थ्य संस्था तथा शहर र बस्तीबस्तीमा उच्च सतर्कता अपनाइएको छ ।’ उनले सङ्क्रमण जोखिमको अवस्था मूल्याङ्कन गरी सुरक्षाका मापदण्ड पूरा गर्दै सामाजिक दूरी कायम गरी लकडाउन अवधिभर औषधि, स्वास्थ्य सामग्री, औद्योगिक वस्तुको उत्पादन तथा बिक्री–वितरण, निर्माण सामग्रीको ढुवानी, विकास आयोजना सञ्चालन तथा बैंकिङ–वित्तीय सेवालाई आंशिक सञ्चालन गर्ने निर्णय गरिएको छ ।

यसैबीच कारोना भाइरस सङ्क्रमणको उच्च जोखिम हुनसक्ने जनाउँदै काभ्रेपलाञ्चोकमा क्वारेन्टिन तथा श्यया सङ्ख्या बढाउने तयारी भइरहेको छ । विशेषगरी शहरी क्षेत्रमा क्वारेन्टिन तथा श्यया सङ्ख्या बढाउने तयारी भइरहेको नरेन्द्र झाले बताए । उनका अनुसार जिल्लामा थप क्वारेन्टिन व्यवस्थापन गर्दै श्यया सङ्ख्या एक हजार पु¥याइनेछ । ‘पूर्वतयारीस्वरुप क्वारेन्टिन र श्यया सङ्ख्या बढाइने भएको हो’, झाले भने ।

झाका अनुसार हाल जिल्लास्थित स्थानीय तहलगायत विभिन्न स्थानका क्वारेन्टिानमा ३४२ श्यया व्यवस्थित गरिएको छ । हाल धुलिखेल नपामा ६५, बनेपा नपामा ५०, पनौती नपामा १०, नमोबुद्ध नपामा १८, पाँचखाल नपामा ११ श्यया तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, मण्डनदेउपुर नपामा १५, चौारीदेउराली गाउँपालिकमा १५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा छ र खानीखोला गाउँपालिकामा १५ तथा धुलिखेल अस्पतालमा कार्यरत कर्मचारी प्रयोजनका लागि ५२ श्ययाको क्वारेन्टिन व्यवस्थित गरिएको छ । धुलिखेल अस्पतालमा आठ, बनेपास्थित शिर मेमोरियल अस्पतालमा पाँच र बनेपास्थित नेपाल रेडक्रस सोसाइटीमा पाँच श्ययाको आइसोलेसनकक्ष छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending