झापा । झापामा नौजना कोरोना संक्रमित थपिएका छन् । कचनकवल गाउँपालिकास्थित पथरिया माविको क्वारेन्टाइनमा बसेका थप नौ जना युवामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ( उनीहरूको कोसी कोभिड अस्पताल विराटनगरमा स्वाब परीक्षण भएको थियो । सबै जना कचनकवलस्थित एकै टोलका हुन् । उनीहरूलाई कोसी कोभिड अस्पताल विराटनगर पठाइएको छ ।
पथरिया माविको क्वारेन्टाइनमा बसेका २३ वर्षीय एक युवामा सोमबार कोरोना देखिएको थियो । नयाँ थपसँगै झापामा संक्रमितको संख्या १२ पुगेको छ । संक्रमित सबै १८ देखि २५ वर्ष उमेर समूहका छन् । यसअघि संक्रमित बाह्रदशी र दमकका दुई जना उपचारपछि घर फर्किसकेका छन् ।
११ जनाको टोली गत शनिबार भारतको मुबाईबाट दिल्ली हुँदै लुकिछिपी कचनकवल नाकाबाट नेपाल प्रवेश गरेको थियो । रोजगारीको सिलसिलामा भारत गएका उनीहरू लामो समय लकडाउन भएपछि पैदलै स्वदेश फर्किएका थिए ।
संक्रमित समूहमा आएका एक जनामा भने कोरोना संक्रमण देखिएको छैन । मकैबारीबाट नेपाल प्रवेश गरेका उनीहरूलाई सीधै ट्याक्टरमा हालेर कचनकवल–३ स्थित पथरिया माविमा रहेको क्वारेन्टाइनमा राखिएको कचनकवल गाउँपालिकाको क्वारेन्टाइन संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष विजय राजवंशीले बताए ।
भारतसँग सीमा जोडिएको कचनकवलमा एकै पटक १० जनामा संक्रमण देखिएपछि गाउँपालिका नै सिल गर्ने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बुधबार बैठक बसेर गाउँ सिलको निर्णय गर्ने बताए । ‘हामी १ देखि ५ नम्बर वडा मात्र सिल गरौँ भन्ने पक्षमा छौँ । तर, गाउँपालिकाका अध्यक्षज्यूहरू सात वटै वडा सिल गरौं भन्नु हुन्छ,’ उनले भने, ‘सम्भवतः सबै वडा सिल गरिन्छ ।’
वडाध्यक्ष राजवंशीका अनुसार संक्रमित १० सहित ३३ जना पथरिया माविको क्वारेन्टाइनमा बसेका थिए । विद्यालयमा रहेको क्वारेन्टाइन व्यवस्थित छैन । संक्रमित १० जना एउटै कोठामा नअटेपछि उनीहरूलाई क्वारेन्टाइनमा बसेका अरूसँगै राखिएको वडाध्यक्ष राजवंशीले बताए ।
जसका कारण अरूमा पनि संक्रमण सर्ने खतरा रहेको छ । ‘एउटा कोठामा नअटेपछि दुई जनालाई अरू सातजना भएको कोठामा राखेका थियौँ,’ उनले भने, ‘जोखिम एकदमै छ । त्यसैले सबैको स्वाब संकलन गरेर पठाएका छौँ ।’
संक्रमित र अरू क्वारेन्टाइनमा बसेका सबैले प्रयोग गर्ने शौचालयसमेत एउटै रहेको उनले बताए । ‘जम्मा दुईवटा शौचालय थियो,’ राजवंशीले भने, ‘सबैले एउटै शौचालय प्रयोग गर्थे ।’ स्थानीय तहमा विद्यमान बजेटले क्वारेन्टाइन व्यवस्थित गर्न नसकिएको उनले बताए । ‘क्वारेन्टाइन व्यवस्थापनमा ठूलो चुनौती छ ।
केन्द्रले हेर्दैन, स्थानीय तहले मात्र के गर्ने रु’ राजवंशीले भने, ‘एउटै कोठामा १० जनासम्म राख्नुपरेको छ । यसले गर्दा पनि समस्या निम्तिएको छ । सीमावर्ती क्षेत्रका स्थानीय तह खुला सीमाबाट लुकिछिपी आउने नागरिकका कारण हैरान छन् । ‘कि त सबै मानिस ल्याएर प्रदेश र केन्द्र सरकारले क्वारेन्टाइनमा राख्नुपर्यो,’ वडाध्यक्ष राजवंशीले भने ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: