Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

भारतको मुम्बइबाट फर्किएका ३३ क्वारेन्टाइनमा

भद्रपुर । भारतको मुम्बइबाट फर्किएका ३३ नेपालीलाई झापाको कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको छ । तीन दिनअघि पाँचदेखि १० जनासम्मको समूह बनाइ उनीहरु केचना, पाठामारी र घेराबारीबाट राति नेपाल प्रवेश गरेका थिए ।

उनीहरु सबै कचनकवल गाउँपालिकाकै रहेको पालिकाका अध्यक्ष अञ्जार आलामले बताउनुभयो । केचनकवल–२ स्थित पथरिया माध्यमिक विद्यालयमा तयार गरिएको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको छ । रोजगारीका सिलसिलमा उनीहरु मुम्बइ पुगेको अध्यक्ष आलमको भनाइ छ ।

“ट्रेनबाट ल्याएर नेपालीलाई भारतीय एसएसबीले सीमाबाट सजिलै छाडिदिँदोरेहछ”, उनले भने, “सीमामा खटिएका सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा उनीहरुलाई तत्काल कब्जामा लिएर क्वारेन्टाइनमा राखेका छौँ । आफ्ना नागरिकको सुरक्षा गर्ने दायित्व हाम्रै हो ।” क्वारेन्टाइनमा राखिएका सबैको स्बाब सङ्कलन गरी परीक्षणका लागि विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा पठाइएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले बताए ।

अध्यक्ष आलामले भारतको दिल्ली, मुम्बइ, केरेलालगायत स्थानमा १० हजार बढी युवाहरु कचनकवल गाउँपालिकाबाट मात्र रोजगारीका लागि गएको जानकारी दिए। उनले सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्ने नेपालीलाई परिवारसँग घुलमिल नभइ पालिकाले तयार गरेको क्वारेन्टाइनमा आएर बसिदिनसमेत आग्रह गरेका छन् । पालिकाले १५० जना अटाउने सक्ने क्षमताको दुई स्थानमा क्वारेन्टाइन तयार गरेको छ ।

भारतीय सीमावर्ती क्षेत्र पानीट्याङ्की, नक्सलबाडीलगायत क्षेत्रमा अलपत्र परेका ९०० नेपालीलाई सोमबारसम्ममा नेपाल फर्काउने तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बताए । उनीहरुलाई स्थानीय तहले नाकामा तयार गरिएको होल्डिङ सेन्टरमा राखेर आरडिटी परीक्षणपछि आ–आफ्ना जिल्ला तथा प्रदेशमा पठाइने व्यवस्था गरिएको उनको भनाइ छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending