१. थुक्ने बानी बन्द गरौँ
सार्वजनिक स्थानमा थुक्नु असभ्यताको परिचय मानिन्छ । अहिले कोरोना संक्रमणको जोखिम बढेको समयमा बाटोमा, चौरमा तथा अन्य स्थानमा थुक्दा संक्रमित व्यक्तिले रोग सार्ने ठूलो माध्यम बन्छ । थुकमा कोरोना भाइरस २४ घण्टासम्म बाँच्न सक्ने अनुसन्धानले देखाएको छ । देखिने थुक तथा नदेखिने कण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । खैनी, पान, गुट्खा, पान मसला, सुपारी, चुंइगम, भित्र दाना भएका साना फल आदि खाएर खुलेआम थुक्ने बानी आजैदेखि बन्द गरौँ ।
२. मास्क, पंजा आदि जथाभावी नफालौं
आजकाल बाटो, पार्क, चौर लगायत सार्वजनिक स्थानमा मास्क, पंजा, हात सफा गरेको कपास, चुरोटको ठुटो जथाभावी फ्याँक्ने प्रचलन बढेको छ । ती सामान चरा, कुकुर तथा सवारी साधनले बिभिन्न ठाउँमा पुर्याउन सक्छन । बालबालिकाले समाउने तथा खेल्ने गर्न सक्छन । यो अभ्यासले संक्रमण एक ठाउँबाट अर्को ठाउँमा पुग्न सक्छ । तसर्थ आफुले प्रयोग गरेका मास्क, पंजा, कपास आदि फोहोर जम्मा गर्ने ठाउँमा वा घरभित्र खाडल खनेर त्यसमा राख्ने अनि नष्ट गर्ने गरौँ ।
३. घरेलु पशुपंक्षीजन्य फोहोरको ब्यबस्थापन गरौँ
कुकुर, कुखुरा लगायत पशुपंक्षी पाल्ने व्यक्तिले बाटोमा दिशापिशाब गराउने काम नगरौं । कुकुर, कुखुरालाई पनि होम क्वारेन्टाइनमा राखौं । कुकुरका खुट्टाले संक्रमण घरभित्र ल्याउन सक्छ । त्यस्तै मल्मुत्रलाई घरमा खाडल खनेर त्यहि राख्ने गरौँ ।
४. बाटो सफा राखौं
आफ्नो घर अगाडिको बाटो सफा गर्ने बानी बिकास गरौँ । बाटोमा रहेका सुर्ती, चुरोट, गुट्खा, जंक फुड लगायतका खोल बढारेर एउटा खाडलमा राखौं । हावा तथा पशुपंक्षीले यी खोललाई घरभित्र ल्याउन सक्छ ।
५. जुत्ताचप्पल तथा आफ्नो सबारी साधनको टायर सफा गरौँ
जुताचप्पल तथा टायरमा संक्रमितको म्युकस, संक्रमितले फालेका मास्क, कपास लगायतका पदार्थ घरभित्र आउन सक्छन । तसर्थ घरबाहिर साबुनपानीले राम्रोसंग जुत्ताचप्पल सफा गरेर घाममा सुकाउने गरौँ । त्यस्तै टायरलाई राम्रोसंग धुने गरौँ ।
६. सुरक्षित बनौं
घरबाहिर निस्कदा मास्क, चस्मा, पंजा लगाउने बानीको बिकास गरौँ । त्यस्तै विन्डचिटर, ट्राउजर र साबुनपानीले धुन मिल्ने सेन्थेटिकको जुत्ता लगाउने गरौँ । बाहिरबाट घर आएपछि ती कपडा, मास्क, पंजालाई घर बाहिर राख्ने गरौँ ।
७. सफाइका सामान राखौं
घरको गेटनेर, मुल ढोकानेर, हरेक बाथरुममा, किचनमा, डाइनिंग हल, बेडरुम, बरण्डा आदिमा स्थान अनुसार ह्याण्ड स्यानिटाइजर, साबुनपानी, सफा टावेल अटुट रुपमा राख्ने गरौँ । यी सामान बच्चाको पहुँच नहुने गरि राखौं ।
८. सौचालयको सफाइ
भारत लगायत धेरै देशमा सौचालयबाट कोरोना फैलिएको समाचार आइरहेका छन् । सम्भव भएसम्म छुट्टाछुट्टै सौचालय प्रयोग गरौँ । प्रयोग गरेपछि सफा गरौँ । कमन ट्वाइलेट भएको ठाउँमा पालो गरेर दिनको ३ पटक साबुनपानी, क्लोरिन झोल र लाइसोलले सफा गरौँ । प्रयोग गरेपछि हरेक व्यक्तिले सफा गरौँ ।
सार्वजनिक सौचालय, कार्यालयको सौचालय तथा साझा सौचालयमा सरसफाई नियमित गर्ने प्रबन्ध गरौँ । त्यस्ता सौचालयमा साबुन, स्यानिटाइजर राख्ने गरौँ । सौचालयको ह्याण्डील, चुकुल आदि छुनु अघिं र छोएपछि हात धुने / छोएका स्थानलाई स्पिरिटले सफा गर्ने गरौँ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...



प्रतिकृया लेख्नुहोस्: