Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

बाहुन कसरी भए दमाई ? बाहुन मामा र दमाई भान्जाकाे कथा

काठमाडाैं । बाहुनक्षत्रीबाटै दमाई जातिको सृष्टि कसरी भयो तथा बाजा बजाउने काम दमाईजातिमा कसरी भाग लाग्यो भन्नेबारेको एउटा जनश्रुती यस प्रकारको छ ।

‘पहिले गाउँघरमा उत्सवको बेलामा बाजा बजाउने मान्छे कोही थिएनन् । एक दिन एक जना गाउँलेको घरमा उत्सव मनाइने भयो । उसले त्यस बेला बाजा बजाएर रमाइलोसँग उत्सव मनाउने इच्छा ग¥यो र एउटा तामाको दमाहा बनाउन समेत लगायो । त्यस दमाहामाथि उसले दुईवटा गजा (दमाहा बजाउने लठ्ठी) पनि राख्यो । त्यसपछि आफ्ना समाजका सबै मान्छेहरुसँग उसले भन्यो, ‘हेर पहिलोपल्ट जसले गजाले हान्ला, त्यसले नै हाम्रो समाजमा सधैँ बाजा बजाउने काम गर्ला ।’

उत्सवको दिन उसको घरमा धेरै पाहुनाहरु जम्मा भएका थिए । त्यस घरकै छोरी पनि त्यस दिन ‘बाबाको घरमा उत्सव छ’ भनेर सानो छोरासँगै माइत आएकी थिई । त्यसै सानो केटाले त्यो ठुलो दमाहा बजाएछ । अनि त्यसै क्षण ‘लौन्त यही सानो केटाले बजाओस् यो दमाहा भनेर बजाउने काम दिए ।’ सानो केटोलाई त्यति ठुलो दमाहा बजाउन दिएकाले उसकी आमाले चाहीँ आग्रह गरि– त्यो दमाहा बरु अरु कसैले बजाउन् । मेरो छोराले सक्दैन ।

तर केटीकै दाजुले भन्यो, ‘पिर नमान बैनी, म तिमीलाई खान पुग्ने धान दिउँला, नयाँ लुगाहरु समेत सिउन तिमीलाई नै लगाउँला, बिहे ब्रतबन्धमा तिमीहरुलाई नै अघि लाउँला । फेरी जति नै दुख परेपनि म भान्जोलाई हलो जोत्न लगाउनेछैन । बाउसो खनाउन्न । देवताको पिँढीमा ल्याउँला, राजाको अघिअघि लाउँला ।’

यी कुराहरु भनेर त्यो सानो केटोलाई नै दमाहा बजाउन लगाइयो र दमाहा बजाएकाले त्यो बालकलाई दमाई भन्न थालियो । कालान्तरमा उसका सबै सन्तान दमाई भए । सोही किम्वदन्तीमा आधारित एउटा कथा अहिले पनि कतिपय काँठबासीहरुलाई थाहै होला, ‘बाहुन मामा र दमाईँ भान्जाको ।’

दमाईहरु अन्य सबै हिन्दु धर्मालम्वीहरु जस्तै तीर्थ गर्ने, ब्रत बस्ने र पुजा लगाउने कार्यमा समेत संलग्न हुन्छन् । आफ्नो घरमा राखिएका देवता र कुलको पुजा गर्ने गर्दछन् । धर्मकर्मदेखि सारा विधि–विधान गर्दा यिनीहरु पनि सँस्कृतबाट नेपालीमा तयार गरिएका उही सनातन स्तोत्र नै प्रयोग गर्दछन् । दमाई जातीमा पनि कर्ण, कश्यप, काशी, ब्रम्हशाही, कौशल्या, अत्रि, भारद्धाज, वशिष्ठ, कौशिक गोत्र आदी भएको पाइन्छ ।

यसबाट फेरी पनि के प्रष्ट हुन्छ भने एउटा कालखण्डमा बाहुन जातीले नै पेशा बदलेर उनीहरु दमाई भएका हुन् र सम्भवत आर्थिक कारणबाट ति अपहेलित हुँदै आफ्नै दाजुभाई खलकले अछुत घोषणा गरेका हुन् । यसर्थ, दमाई जाती अन्ततोगत्वा उही लाम्चानाके आर्यनहरुकै सगोत्री बन्धु हुन् । स्राेत : सामाजिक सञ्जालबाट

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies