Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

स्थानीय तहका क्वारेन्टाइन रित्तिँदै

कञ्चनपुर । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि कञ्चनपुरका स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टाइन रित्तिन थालेका छन् । क्वारेन्टाइन अवधि पूरा गरी भारतलगायत अन्य मुलुकबाट आएकाहरु घर फिर्ता भएका हुन् ।

क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरुको र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) परीक्षणमा नतिजा नेगेटिभ आएपछि सबै घर फिर्ता भएका छन् । भारतलगायत अन्य मुलुकबाट आएका व्यक्तिलाई राख्न नौवटै स्थानीय तहले क्वारेन्टाइन सञ्चालनमा ल्याएका थिए । नौ स्थानीय तहमध्ये चार स्थानीय तहका क्वारेन्टाइनमा मात्रै ८६ जनालाई राखिएको छ ।

छ स्थानीय तहका क्वारेन्टाइनमा रहेका व्यक्ति घर फिर्ता भइसकेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीका अनुसार कञ्चनपुरका नौ स्थानीय तहमा ५४० श्यया क्वारेन्टाइनको सङ्ख्या रहेको छ । जसमध्ये पुर्नवास नगरपालिकाले सञ्चालन गरेको ५० श्ययाको क्वारेन्टाइनमा १२, बेलौरी नगरपालिकाले सञ्चालन गरेको १०५ श्ययाको क्वारेन्टाइनमा ३६, लालझाडी गाउँपालिकाले सञ्चालन गरेको ८९ श्ययाको क्वारेन्टाइनमा १८ र बेलडाँडी गाँउपालिकाले सञ्चालन गरेको २३ श्ययाको क्वारेन्टाइनमा २० जनालाई राखिएको छ ।

भीमदत्त नगरपालिकामा १००, महाकाली नगरपालिकामा ५१, बेदकोट नगरपालिकामा ६४, शुक्लाफाँटा नगरपालिकामा २२ र कृष्णपुर नगरपालिकामा ३६ क्वारेन्टाइन श्यया सङ्ख्या रहेको छ । भीमदत्तमा १४५, महाकालीमा २२, बेदकोटमा २३, शुक्लाफाँटामा २२, कृष्णपुरमा ३१, पुर्नवासमा ३४, बेलौरीमा ६६, लालझाडीमा १२३ र बेलडाँडीमा १४ गरी ४८० जना क्वारेन्टाइन अवधि पूरा गरी घर फिर्ता भएको अधिकृत जोशीले बताए । उनका अनुसार क्वारेन्टाइनमा बसेका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य गरी एक हजार ७१९ को आरडिटी परीक्षण गरिएको छ ।

आरडिटी परीक्षण गरिएकामध्ये दुईको रिपोर्ट पोजेटिभ आएकामा पिसीआर परीक्षणमा दुवैको नतिजा नेगेटिभ आएको छ । क्वारेन्टाइनमा बस्दै आएका २०५को स्वाब परीक्षण गरिएकामा एक जनाको रिपोर्ट पोजेटिभ आएकामा उपचारपछि रिपोर्ट पोजेटिभ आएका व्यक्ति पूर्णरुपमा स्वस्थ्य भई घर फिर्ता भएका छन् ।

कञ्चनपुरमा भारतलगायत अन्य मुलुकमा आएकाको सङ्ख्या भने पाँच हजार ७७६ रहेको छ । पिपिइको सङ्ख्या ४३९ रहेको छ । हालसम्म नौवटै स्थानीय तहका ज्याला मजदुरी गरी जीविन निर्वाह गर्ने २२ हजार ५६९ परिवारलाई राहत सामग्री उपलब्ध गराइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies