Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

सिन्धुपाल्चोकमा गाउँकै खाद्यान्न, तरकारी र मासुको प्रयोग गर्ने नीति

सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण फैलन नदिन खाद्य वस्तुको आपूर्ति सकभर बाहिरबाट नगर्ने रणनीति बनाएको छ ।

खाद्यवस्तु आयात गर्दा रोग भित्रन सक्ने भन्दै गाउँपालिकाले गाउँकै खाद्यान्न, तरकारी र मासुको प्रयोग गर्ने नीति बनाएको हो । स्थानीय उत्पादनलाई परिचालन गरी खाद्यान्न परिपूर्ति गर्ने योजनाअनुसार बाहिरको खाद्यान्न प्रवेशमा रोक लगाएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।

स्थानीयवासीले खाद्य तथा मासुजन्य सामग्री भित्रिँदा जोखिम बढ्ने बताएपछि यस्तो निर्णय गरेको उनले बताए । बस्तीबस्ती छिर्ने सडक र गोरेटोमा पनि निगरानी बढाएको उनले बताए। “बाहिरबाट आउनेलाई विशेष निगरानीमा राखिएको छ”, अध्यक्ष लामाले भने, “विदेशबाट गाउँपालिका भित्रने प्रत्येकको घरमा पुगेर स्वास्थ्य जाँच गरिएको छ ।” उनले दीर्घरोगीलाई घरघरमा औषधि पु¥याउने काम गाउँपालिकाले शुरु गरेको पनि उल्लेख गरे ।

स्थानीयस्तरमा २० श्ययाको क्वारेन्टाइन निर्माण गरेको छ । तर त्यहाँ अहिलेसम्म कोही बसेका छैनन् । तिपेनीको क्षेत्रपालेश्वरीमा २० श्ययाको क्वारेन्टाइन निर्माण गरे तापनि गापाले क्षेत्रीय क्वारेन्टाइनलाई विशेष प्राथमिकता दिएको छ । सुरक्षा, स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्रीको हिसाबले मेलम्चीमा बन्ने क्षेत्रीय क्वारेन्टाइन नै उपयुक्त हुने उनको विश्वास छ ।

विपद् परास्त गर्न सबै मिलेर लड्नुपर्ने भएकाले राजनीतिक दलबीच पनि सहकार्य जरुरी रहेको उहाँले बताउनुभयो । सचेतना कार्यक्रम चलाउँदै फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मीको परिचालनलाई विशेष प्राथमिकतामा राखेको छ । स्वास्थ्य चौकी छेउछाउको चोकचोकमा औषधि छर्किएको छ । गापाभित्र आठ वटा स्वास्थ्य चौकी, छ वटा बर्थिङ सेन्टर, दुई वटा स्वास्थ्य युनिट र मानेखर्कमा चिकित्सकसहितको स्वास्थ्य संस्थाले अहोरात्र काम गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले ठूलो सङ्ख्यामा सडक र खानेपानीमा काम गर्न बाहिरबाट आएका १५० मजदूरलाई घर फर्काइएको छ । बाँकीलाई तथ्याङ्क सङ्कलन गरेर खाद्य सामग्रीको व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ ।

खान नपाउने नपुग्ने नागरिकको तथ्याङ्क सङ्कलन भइरहेको उनले बताए । तथ्याङ्क आएपछि उनीहरुलाई राहत दिने तयारीमा जुटेको अध्यक्ष लामाले बताए। विपद् व्यवस्थापन कोषको आकार बढाउन खोजिएको उनले बताए। अन्य शीर्षकबाट केही रकम रकमान्तर गरी कोरोना सङ्क्रमण नियन्त्रण र राहत व्यवस्थापन गर्ने उनले बताए।

गर्भवती र दीर्घरोगीलाई असहज हुन नदिन उनीहरुको तथ्याङ्क सङ्कलन गरी आवश्यक परे उद्धारका लागि तयारी अवस्थामा रहेको गाउँपालिकाले जनाएको छ । दीर्घरोगीको औषधि व्यवस्थापन र वितरण शुरु गरिएको छ । उनले प्रत्येक नागरिकको स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढाउन केन्द्र सरकारलाई सुझाएका छन् । “शिक्षा र स्वास्थ्यलाई सामान्यीकरण गर्न यो जरुरी छ”, अध्यक्ष लामाले भने।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending