Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

लकडाउनको असरः ह्वात्तै बढ्यो खाद्यान्नको मूल्य

झापा । कोभिड–१९ का कारण बन्दाबन्दी गरिएसँगै झापामा अत्यावश्यक खाद्यान्नको मूल्यमा वृद्धि भएको छ ।

चामल, दाल, तेल, चना, मटर, चिनीलगायतका अत्यावश्यक खाद्यान्नमा मूल्यवृद्धि भएको हो ।

बिर्तामोड–४ का किराना व्यवसायी पवन राजवंशीले चामलमा प्रतिबोरा रू १०० देखि रू २०० सम्म मूल्य बढेको बताए । “सामान्य मन्सुली चामलमा रु १०० सम्म मूल्य बढेको छ”, उनले भने, “वास्मतिलगायतका चामलमा रु २०० सम्म बढेको छ ।” लकडाउनअघि प्रतिकेजी रू १२० मा पाइने मोटा मुसुरो दाल अहिले प्रतिकेजी रू १४० पुगेको उनले बताए । लकडाउनका कारण अहिले हरेक वस्तुमा मूल्य बढेको उनको भनाइ छ ।

“लकडाउनअघि यो दालमोठको होलसेलमा ९५ रुपैयाँ पथ्र्यो”, दालमोठको नयाँ मूल्यको बिल देखाउँदै उनले भने, “अहिले मैले होलसेलमै १०१ रुपैयाँमा किनेर ल्याएँ, अब कसरी बेच्नु ?”

अर्का किराना व्यवसायी मनोज साहले कतिपय किराना ‘आइटम’ आफूले बेच्न छोडेको बताए । “होलसेलमा सबै सामानको मूल्य बढेको छ”, उनले भने, “आफूले मूल्य बढाएर बेच्यो भने कालोबजारी ग¥यो भन्छन् भन्ने डरले सामान नै ल्याउन छोडिएको छु, जेजति छ त्यही बिक्री गर्छु ।”

होलसेल बिक्रेताले मूल्य बढाएको साना व्यवसायीको भनाइ छ । उनीहरुले भने, “होलसेलमा महँगोमा किन्नुपरेपछि कम मूल्यमा बेच्न सकिँदैन ।” एकातिर मूल्यवृद्धि छ भने अर्कातिर सामानको मूल्य पनि पसलै पिच्छे फरक छ । बिर्तामोड–४ की मुना बस्नेतले लकडाउनअघि रू ९०० मा ल्याउने गरेको खाने तेल रू ९३० मा किन्नुपरेको बताए । “सामान सटेज छ भन्छन्, न किन्दा पनि हुँदैन”, उनले भने, “सबै कुरामा दाम बढेको छ ।”

बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराईले बजारमा मूल्यवृद्धि भएको स्वीकार्छन् । अनुगमनका क्रममा ग्यासको बढी मूल्य लिने व्यवसायीलाई कारवाही गरिएको उनको भनाइ छ । “दैनिक उपभोग्य वस्तुमा केही मात्रामा मूल्य बढेको छ”, उनले भने, “अधिक मूल्य लिनेलाई कानूनी दायरामा ल्याएर कारवाही गर्नुपर्छ ।” अनुगमनका क्रममा जाँदा व्यापारीले मूल्य नबढाएको दाबी गर्ने र उपभोक्ताबाट बढी मूल्य लिएको गुनासो आइरहेको उनको भनाइ छ । जिल्ला प्रशासन कार्यालय झापाले बनाएको अनुगमन समितिमार्पmत सातामा एक पटक अनुगमन गर्ने गरिएको उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार अनुगमन समितिका संयोजक राजकुमार राईले आन्तरिकरुपमा छापा मार्ने काम भइरहेको बताए। “कतिलाई सम्झाएका छाँै, कतिपयलाई चेतावनी दिइएको छ”, उनले भने, “बजारमा सुधार हुँदै गएको छ ।” सङ्कटका बेलामा भटाभट कानूनी दायरमा ल्याउन पनि समस्या रहेको उहाँको भनाइ छ । पसल बन्दा हुँदा उपभोक्तालाई मार पर्ने भएकाले पनि केही लचकता अपनाइएको उनले बताए । हालसम्म तीन वटा चामल मिल र करिब २० वटा किराना पसललाई कारवाही गरिएको उनले बताए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending