Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८१ शनिबार | 11th May, 2024 Sat
NIMB

डा. जैशी कोल्टी स्वास्थ्य केन्द्रमा जान तयार भए

बाजुरा । जिल्ला अस्पताल बाजुरामा कार्यरत डा राजुराज जैशी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जान तयार भएका छन् । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आफू कसैको दवाव वा कारवाहीको डरले जाने नभइ सेवाका लागि जान लागेको जैशीको भनाइ छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको पत्रको अवज्ञा गरेको आरोप लागेका डा जैशी कसैको अण्डरमा नभई जनताको सेवाका लागि जान लागेको बताएको छन् । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले कोल्टी जान निर्देशन गरेपछि बीचमा जैशीले नजाने बताएका थिए ।

डा राजुराज जैशीलाई सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले यसअघि वैशाख ६ गते २४ घण्टाभित्र जान पत्रचार गरेको थियो तर डा जैशी भने कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा नगएर मार्तडीमै बसेका थिए । पछि निर्देशनालयले मौखिकरूपमा हाजिरी नगर्नसमेत भनेको थियो । आफूलाई पत्रचार गर्दा २४ घण्टाभित्र पुग्न पत्र आएपछि आफू जान अटेर गरेको उहाँको भनाइ छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा कम्तीमा तीन महिना बसेर सेवा गर्ने वातावरण राम्रो मिल्यो भने बढी पनि बस्ने डा जैशीले रासससँग बताए ।

कोल्टिमा गएर कोभिड–१९ रोकथाम र जनताको सेवामा लाग्ने बताए । स्थानीय सरकार, स्वास्थ्यकर्मीसँग समन्वय गरेर अघि बढ्ने उनको भनाइ छ । जैशी जाने भएपछि करिब एक वर्षपछि कोल्टीले चिकित्सक पाउने भएको छ । कोल्टी प्राथमिक स्वाथ्य केन्द्रमा एक मेडिकल अधिकृत, एएच एक, स्टाफ नर्स एक, अनमी तीन, अहेव तीन, ल्याब असिस्टेन्ट एक, कार्यालय सहयोगी दुई गरी १२ जनाको दरबन्दी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies