Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८१ शनिबार | 11th May, 2024 Sat
NIMB

लकडाउनको कारण गौरवका सडक आयोजना अलपत्रमा

बैतडी । भौतिक पूर्वाधार विकासको कामको प्रगति देखिने समयमा कोरोना रोकथामका लागि बन्दाबन्दी हुँदा सुदूरपश्चिम प्रदेशका गौरवका आयोजना अलपत्र परेका छन् ।

प्रदेश गौरवको आयोजनाको रूपमा रहेको बैतडीको सतबाँझ–श्रीभावर– हाट सडकको काम सुरु हुन सकेको छैन । गत चैत १९ गते बोलपत्र खोल्नुपर्ने योजना रहे पनि बन्दाबन्दीले गर्दा रोकिएको प्रदेश सरकारमातहतको पूर्वाधार विकास कार्यालय, बैतडीका प्रमुख जगतप्रसाद जोशीले जानकारी दिए । बैतडीको सतबाँझदेखि हाटसम्म १ सय किलोमिटर रहेको उक्त सडकको हाल १४ किलोमिटरमा कालोपत्रको लागि अनुमानित रु ५० करोडको बोलपत्र आह्वान गरिएको थियो । सतबाँझदेखि ६ किलोमिटर कालोपत्रका लागि रु २० करोड र र श्रीभावरदेखि ८ किलोमिटर कालोपत्रका लागि रु २८ करोडको सूचना प्रकाशित भएको थियो ।

बहुवर्षीय योजनाअन्र्तगत आर्थिक वर्ष २०७९/८० सम्म सक्ने लक्ष्य रहेको भएपनि अब लक्ष्यअनुसार काम सम्पन्न हुनेमा आशङ्का बढेको उनले बताए । उनले भने “भौतिक पूर्वाधारको कामको प्रगति हुने बेला बन्दाबन्दीले गर्दा सबै ठप्प छ, समयमै काम सक्न गाह्रो छ ।”

महाकाली कोरिडोरको काम पनि प्रभावित भएको छ । कञ्चनपुरदेखि दार्चुला सदरमुकाम हुदैँ टिङ्करसम्म जोड्ने उक्त प्रदेश गौरव योजनाको काम प्रभावित भएको हो ।

बन्दाबन्दीले गर्दा सबै काम ठप्प रहेको योजना प्रमुख अच्युत पन्तले बताए । दार्चुलामा कार्यालय रहेको यस आयोजनामा दार्चुलादेखि कञ्चनपुरसम्म विभिन्न छ ठेकेदारलाई जिम्मा दिएर खण्ड खण्डमा काम भइरहेको थियो । व्यवसायी र मजदुर आफ्ना घरतिर लागेकाले काम हुन सक्ने अवस्था छैन । कञ्चपुरदेखि दार्चुलाको तिङ्करसम्म ४२५ किलोमिटर निर्माण गरिने उक्त सडकको १२५ किलोमिटर मात्रै ट्रयाक खुलेको छ ।

काम शुरु गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति भएपनि काम शुरु हुन अझै केही दिन लाग्ने प्रमुख पन्तले बताए । यसअघि ठेक्का भएका निर्माण व्यवसायीसँगको सम्झौता यसै वर्ष सकिन लागेकाले अब नयाँ सम्झौताको पनि तयारी हुँदैछ ।

उक्त योजनाको काम २०६६ सालदेखि सुरु भएको हो । महाकाली कोरिडोरलाई त्रिदेशीय नाकाका रूपमा विकास गर्न सके सुदूरपश्चिमको आर्थिक समृद्धि हुने आशा लिइएको छ ।कोरिडोर सबैभन्दा बढी दार्चुलामा २१२ किलोमिटर, बैतडीमा १ सय ४४ किलोमिटर, डडेल्धुरा ५८ किलोमिटर र कञ्चनपुरमा ११ किलोमिटर सडकखण्ड पर्छ । कार्यालयका अनुसार हालसम्म रु ३३ करोडको लागतमा बैतडीमा ६२, दार्चुलामा ५२ र डडेल्धुरामा ११ किलोमिटर ट्रयाक खोलिएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies