चितवन । बन्दाबन्दीसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिएको छ । शहरी क्षेत्र लकडाउनले ठप्प भएपछि विभिन्न बहानामा मानिस निकुञ्ज प्रवेश गर्ने क्रम बढेपछि सुरक्षामा चुनौती थपिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार गत चैत ११ गते लकडाउन शुरु भएयता निकुञ्जमा विभिन्न तवरबाट प्रवेश गर्नेको सङ्ख्या निकै बढेको छ । यस अवधिमा ४४३ जनालाई पक्राउ गरी आवश्यक कारवाही भइरहेको उहाँले जानकारी दिए।
नदीमा गोहीले फुल पार्ने बेला भएकाले फागुनदेखि असार मसान्तसम्म माछा मार्न पाइँदैन । तर यस अवधिमा तिहारी र हाते जाल प्रयोग गर्ने २२६ जना पक्राउ परेका छन् । घाँस, दाउरा गर्न गएका २०६ जना पक्राउ परेका छन् । निकुञ्जले दिएको जानकारीअनुसार वन्यजन्तु चोरी शिकारको एउटा घटनामा आठ जना पक्राउ परेका हुन् ।
उनीहरुले चित्तल मारेको आरोप निकुञ्जको छ । काठ चोरीनिकासी गरेकामा तीन जना पक्राउ परेका छन् । कोरोना भाइरसका कारण पक्राउ परेकालाई तत्काल अनुसन्धान गरी हाजिरी तारेखमा छाडिएको उप्रेतीले जानकारी दिए । हाल हिरासतमा एक जना मात्र रहेका छन् । यसै अवधिमा एउटा घडियाल गोही तिहारी जालमा परेर मरेको छ । निकुञ्जमा चोरी सिकारी बढेपछि चुरे केन्द्रित तीन दिनको गस्ती गरिएको छ ।
उप्रेतीका अनुसार पूर्वको सुनाचुरीदेखि पश्चिमको त्रिवेणीसम्म सात वटा स्थानबाट स्विफ्ट शल्यक्रिया गरिएको हो । अनाधिकृतरुपमा प्रवेश गरेको नपाइएको उनले जानकारी दिए । यस्तै निकुञ्ज हुँदै बग्ने नदीमा डुङ्गा र पैदल गस्ती गरिएको छ । निकुञ्जका भित्री भागमा क्याम्पिङ, स्विपिङ र हात्तीबाट छुट्टाछुट्टै गस्ती भइरहेको छ ।
लकडाउनका कारण मानिसको प्रवेश बढेसँगै मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्ने देखिएको छ । यस अवधिमा निकुञ्ज भित्र गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने बाघले एक र बँदेलले तीन जनालाई घाइते बनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती निकुञ्जमा अनाधिकृत प्रबेश बढेसँगै चोरी तस्करीका गिरोह उनीहरुसँगै प्रवेश गर्न सक्ने भएकाले जोखिम बढेको बताउछन् । अरुबेला निकुञ्जमा पर्यटकको चहलपहल हुने भए पनि अहिले सुनसान भएकाले यस समयमा चोरी सिकारी गर्ने सक्रिय हुनसक्ने भएकाले विशेष खालका गस्तीका कार्यक्रम भइरहेका रुपाखेतीको भनाइ छ ।
निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्जका कर्मचारीले संयुक्तरुपमा गस्ती गरिरहेका उहाँले जानकारी दिए । सुराक सञ्जाललाई व्यवस्थित गरेर निकुञ्जको पूरै भागलाई सुरक्षा दिने काम भइरहेको उनले बताए । फुर्सद्को समयमा नदीमा पौडी खेल्ने, माछा मार्ने र घाँस दाउरा गर्न जानेसँगै पेशेवर तस्कर पस्नसक्ने भएकाले निकुञ्जले सुरक्षाका रणनीति परिवर्तन गरी काम गरिरहेको जनाएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: