उदयपुर । कोरोना सङ्क्रमणको केन्द्र बिन्दु बनेको उदयपुरको त्रियुगा नगपालिका– ३ भुल्केसहित जिल्लाका आठ खतरायुक्त स्थानमध्ये दुई स्थान चौदण्डी नगरपालिकाको सिवाइ र त्रियुगा नगरपालिकाको मोतीगडाको नमूना स्वाब सङ्कलनमा ७८ जनामध्ये ७३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने बाँकी पाँचको आउन बाँकी छ ।
स्वास्थ्य कार्यालयका अनुसार तीन दिनअघि मात्र प्रदेश नं १ जनस्वास्थ्य प्रयोगशाला विभागबाट प्रदेशका सामाजिक विकासमन्त्री जीवकुमार घिमिरेको प्रत्यक्ष उपस्थितिमा उदयपुरको चौदण्डी नगरपालिकाको सिवाइमा ५८ जना र त्रियुगा नगरपालिकाको मोतीगडमा २० जना व्यक्तिको नमूना स्वाब सङ्कलन गरेर परीक्षणका लागि विराटनगर लगिएको थियो ।
आज बिहानसम्मको रिपोर्टअनुसार दुवै क्षेत्रका ७८ व्यक्तिमध्ये ७३ को रिपोर्ट नेगेटिभ आएको र बाँकी पाँच जनाको आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए । बाँकी पाँच जनाको पनि रिपोर्ट नेगेटिभ नै आउन सक्ने अवस्था रहेका कारण अब उदयपुरको सिवाइ र मोतीगडा खतरायुक्त स्थानमा राखिएको भए पनि सो दुई स्थानको अवस्था सामान्यतिर गएको प्रमुख सुवेदीले बताए ।
भुल्केसहित जिल्लामा आठ स्थान कोरोनाको खतरायुक्त स्थानका रुपमा राखिएकामा अब सिवाइ र मोतीगडा क्षेत्रमा खतरा अवस्था नरहेको रिपोर्टले देखाएको पनि स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीले बताउनुभयो । अब जिल्लाको त्रियुगाको मोथ्याइ, खैजनपुर, जोगिदह देउरी र जलजलेसहितका स्थान खतरायुक्त सूचीमा राखिएका कारण सो स्थानमा स्वाब नमूना सङ्कलन गर्ने तयारी गरिएको पनि स्वास्थ्य कार्यलयले बताएको छ ।
भुल्केमा मात्र २८ जनामा कोरोना सङ्क्रमणको अवस्था भेटिएपछि भुल्केका स्थानीयसँगै आवतजावत गर्ने स्थान मोतीगडा, सिवाइ, मोथ्याइ, जोगीदह, देउरी र जलजले क्षेत्रलाई स्वास्थ्य कार्यालयले खतरायुक्त स्थानको सूचीमा राखेको जनाएको छ । अहिले पनि भुल्केसहित जिल्लाका यी स्थानमा दैनिक प्रहरी तथा सुरक्षाकर्मीले रेखदेख गर्ने र निगरानीमा राखेर स्थानीयवासीलाई अन्यत्र हिँडडुल गर्न नदिएको तथा अन्यत्रबाट पनि यी स्थानमा प्रवेशमा रोक लगाइएको प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: