ओखलढुङ्गा । प्रदेश नं १ सरकारले लकडाउनको समयमा विकासका काम नरोक्न स्थानीय तह र निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले १४ वटै जिल्लाका १३७ वटै स्थानीय तह र विकास निर्माणको जिम्मा लिएका व्यवसायीलाई लकडाउनको समयमा पनि भौतिक विकासको काम नरोक्न निर्देशन दिएको हो ।
कोभिड–१९ को जोखिमबाट बच्न उच्च सतर्कता अपनाएर प्रदेशमा सञ्चालित अति आवश्यक योजना स्थानीय श्रमिक प्रयोग गरी अगाडि बढाउन सबै जिल्लामा परिपत्र गरेको उनले बताए । आज गृहजिल्लामा स्थानीय तहका प्रमुखसहितका सरोकारवालासँग अन्तक्र्रिया गर्दै राज्यमन्त्री गुरुङले रोगको डरले विकास रोक्न नहुने बताएको हो । “कोरोनाको त्रास त छँदैछ, यसबाट बच्न सतर्कता अपनाऔँ, कुनै कुरामा कमी नहोस्”, उनले भने, “आर्थिक वर्ष सकिन लागेको छ, रोगको डरले काम नरोकौँ । स्थानीय मजदुरको प्रयोग गरेर अलपत्र योजनाको काम तत्काल अगाडि बढाउनुहोला ।”
सामाजिक दूरी कायम गरी निर्माणको कामलाई गति दिन आग्रह गर्दै राज्यमन्त्री गुरुङले कोरोना महामारीको त्रासका बीच आगामी वर्षको बजेटको तयारी भएको जानकारी दिए ।
राज्यमन्त्री गुरुङले कोरोनाको कहरका कारण प्रदेश नं १ मा कोही भोकै मर्नुपर्ने अवस्था नआउने बताए। उनले भने, “हामीले रु १० करोड ५० लाख रकम विनियोजन गरेर स्थानीय तहमार्फत राहत वितरणका लागि पठाएका छौँ । अहिले स्थानीय तहले राहत वितरणको काम गरिरहेका छन् ।” प्रदेश सरकारले केही दिनअघि गाउँपालिकालाई रु पाँच लाख र नगरपालिकामा रु १० लाखका दरले राहत वितरणका लागि बजेट पठाएको थियो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: