Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

काठमाडौँमा समस्या परेकालाई धमाधम गाउँ ल्याउँदै

काठमाडौँ । काठमाडौँ उपत्यकामा रहेका सोलुखुम्बुका १५४ जनाको उद्धार गरिएको छ । विभिन्न स्थानीय तहका ती नागरिकलाई उद्धार गरी शुक्रबार गाउँ पु¥याइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी महेन्द्र दर्नालले जानकारी दिए । उनका अनुसार उनीहरु माप्यदूधकोशी, सोताङ, थुलुङदूधकोशी र खुम्बु पासाङ ल्हामु गाउँपालिका रहेका छन् ।

यस्तै, यहाँको थुलुङ दूधकोशी गाउँपालिकाले ३०० नागरिकलाई उपत्यकाबाट उद्धार गरेको छ । विभिन्न पेशा व्यवसायका लागि काठमाडौँमा बसेका तर लकडाउनका कारण समस्यामा परेका उनीहरुलाई पहिलो चरणमा गाउँसम्म ल्याउने काम गरेको गाउँपालिकाले जनाएको छ ।

शुक्रबार साँझ १० वटा मिनीबसमार्फत उनीहरुलाई गाउँ ल्याएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । “समस्यामा परेका नागरिकलाई उद्धार गर्न म आफैं काठमाडाँै गएको थिएँ ।” उनले टेलिफोनमा भने, “पहिलो चरणमा वडा नं ९, ८, २ र ६ का केही नागरिकको उद्धार गर्दैछौँ, यो स्थानीय सरकारको दायित्व हो ।”

गाउँकार्यपालिका बैठकले स्थानीय तह र सङ्घीय सरकारको नियमलाई पूर्णरुपमा पालना गर्ने सर्तमा गाउँ ल्याउने निर्णय गरेको थियो । गाउँपालिका फर्कनेले १४ दिनको अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने यदि नबसेको खण्डमा नियमअनुसार कारवाही गर्ने जनाएको छ । गाउँपालिका अध्यक्ष आफँै काठमाडाँैमा गएर उद्धार गरेको सोलुखुम्बुको लागि पहिलो हो । यस गाउँपालिकामा हालसम्म एक हजारभन्दा बढी नागरिकले उद्धारका लागि निवेदन दिएका छन् भने सयौँको सङ्ख्यामा राहत माग गरेको अध्यक्ष राईले जानकारी दिए ।

यहाँको महाँकुलुङ गाउँपालिकाले शनिबार काठमाडौँबाट समस्यामा परेकालाई उद्धार गर्ने भएको छ । गाउँकार्यपालिकाको बिहीबार बसेको आकस्मिक बैठकले शनिबारदेखि उद्धार कार्य शुरु गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिए ।

पहिलो दिन चार वटा बसमार्फत १२० जनाको उद्धार गरी गाउँपालिका ल्याउने उनको भनाइ छ । प्रत्येक गाडीमा सेनिटाइजर, सबै यात्रुलाई सर्जिकल मास्क, हातमा लगाउने ग्लोप्सलगायतका सुरक्षा सामग्री गाउँपालिकाले व्यवस्थापन गर्ने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि आर्चयले जानकारी दिए।

उनीहरुलाई काठमाडौँमा पनि स्वास्थ्य जाँच गरेर ल्याइने छ भने गाउँपालिका प्रवेश गर्दा पनि अनिवार्य रुपमा स्वास्थ्य जाँच गराइनेछ । साथै उद्धार गरिएका व्यक्ति २१ दिनमा सुरक्षित होम क्वारेन्टाइनमा बस्नुपर्ने र सो समयसम्म सात पटक प्रत्येक तीन÷तीन दिनको फरकमा स्वास्थ्य जाँच गराउनुपर्र्ने सर्त राखिएको छ । उद्धार गरिने सम्पूर्ण नागरिकको गाडी भाडालगायतका व्यवस्थापन गाउँपालिकाले गर्नेछ भने काठमाडौँ घर भएका तथा कर्मचारीहरु गाउँ फर्कन चाहेमा गाउँपालिकाले आवश्यक समन्वय मात्र गर्ने बताइएको छ ।

गाउँपालिका अध्यक्ष किराँतीका अनुसार सामाजिक सञ्जाल, टेलिफोन तथा अन्य माध्यमबाट कर्मचारी र काठमाडौँमा घर भएका बाहेकका दुई हजार १८२ जना व्यक्ति गाउँ फर्कन चाहेका छन् ।

जिल्लाको लिखुपिके गाउँपालिकाले ८४ जना मजदुर तथा विद्यार्थीको उद्धार गरेको छ । गाउँपालिकाले वडाले तोकेको क्वारेन्टाइनमा दुई हप्ता बस्ने सर्तमा आफ्ना नागरिकको उद्धार गरेको गाउँपालिका प्रमुख डम्बरबहादुर बस्नेतले जानकारी दिए । वडा नं ५ का ५० जना नागरिकलाई भने गाउँपालिका तथा वडाले तोकेको क्वारेन्टाइनमा बस्ने सर्तमा आइतबार उद्धार गर्ने तयारी भएको उनले बताएका छन् ।

यस्तै नेचासल्यान गाउपालिकाले विभिन्न पेशा व्यवसाय तथा कामको सिलसिलामा गाउँपालिका बाहिर रहेका नागरिकको उद्धार गर्नुपर्ने नागरिकको विवरण तयार पारेको छ । नेचा सल्यानबाट राजधानीमा अध्ययनको सिलसिलामा रहेका विद्यार्थी, उपचारका लागि गएका बिरामी र उनीहरुका आफन्त, दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई विशेष प्राथमिकतामा राखी गाउँपालिकामा ल्याउने पहल शुरु भएको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए।

राजधानीबाट उद्धार गर्ने क्रममा एउटा वडाका नागरिकलाई एउटा सवारी साधनमा ल्याउने र गाउँपालिकाले निर्धारण गरेको क्वारेन्टाइनमा व्यवस्थित गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले दिएको जानकारीअनुसार ७७१ जनाले उद्धार चाहेका छन् भने ८४ जनाले राहत मागेका छन् ।

वैशाख १० गते जिल्ला समन्वय समितिका प्रमुख वीरकुमार राईको अध्यक्षतामा सम्पन्न बैठकले आ–आफ्नो स्थानीय तहले समस्यामा परेका नागरिकको उद्धार गरी व्यवस्थापन गर्ने निर्णय भएको थियो । सोही निर्णयअनुसार माप्य दूधकाशी गाउँपालिकाले पनि उद्धार कार्य शुरु गरेको छ । गाउँपालिकाले पहिलो चरणमा बिहीबार राति ९ः३० बजे काठमाडौँबाट चार वटा जीपमार्फत वडा नं १, २, ५ र ७ का ४० जनाभन्दा बढी नागरिकको उद्धार गरेको गाउँपालिकाका उपाअध्यक्ष जुनितामाया मगरले जानकारी दिए ।

काठमाडौँबाट गाउँ फर्कनेले १४ दिन अनिवार्य सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने, बाटोमा अनिवार्य रुपले मास्क तथा स्यानिटाइजर प्रयोग गर्नुपर्ने, काठमाडौँदेखि घर पुगुन्जेल खानाको व्यवस्था आफैँले गर्नुपर्ने र बाटोमा कतै पनि खाने कुरा किनेर खान नपाइनेलगायतका नियम पालना गर्न गाउँपालिकाले अनुरोध गरेको छ । गाउँपालिकाले वैशाख १२ गते वडा नं ३, ४ र ६ का नागरिकलाई उद्धार गर्ने जनाएको छ ।

जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पनि विवरण सङ्कलन गरिरहेको जनाएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending