धनगडी । सुदूरपश्चिम प्रदेशमा पछिल्ला केही दिनयता कोरोना सङ्क्रमणको दर स्थिर छ । प्रदेशमा कोभिड–१९ कोे ‘डेडिकेटेड‘ अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पतालका अनुसार गत चैत ३० गतेसम्म कोरोना सङ्क्रमित चार जना उपचाररत रहेकामा र वैशाख १ गते एक जना सङ्क्रमित थपिएका थिए । त्यसयता अस्पतालमा कोरोना सङ्क्रमित आएका छैनन् ।
अस्पतालले कोरोना भाइरसको सङ्क्रमण भई उपचार गरिरहेकालाई निको भई डिस्चार्ज पनि गरेको छ । कोरोनाबाट जोगिन अपनाइएको सचेतना र रोकथामका लागि गरिएको पहलसँगै कोरोनाको सङ्क्रमण थप फैलिन नपाएको कतिपयको बुझाइ छ बिहीबारसम्म सङ्क्रमित चार जना पोजेटिभ निको भई सेती प्रदेशिक अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
अस्पतालमा उपचाररत कैलाली लम्की चुहानगरपालिकाकी पाना विक उपचारार्थ आइसोलेसन वार्डमा बसेको ११ दिनभित्र कोरोना पोजेटिभ निको भई बिहीबार घर फिर्ता भएका छन्। डिस्चार्ज भएका अन्य तीन जना भने ११ दिनभन्दा बढी समय उपचारमा रहेर कोरोना पोजेटिभ निको भएका थिए ।
सुदूरपश्चिम प्रदेश र खास गरी प्रदेशको अस्थायी मुकाम धनगढी शुरुका दिनमा कोरोनाको ‘इपिसेन्टर‘का रुपमा देखिँदा स्थानीयवासीमा बढेको सन्त्रासले एक प्रकारको सन्नाटा छाएको थियो । कोरोना सङ्क्रमितको उपचारको पहिलो घेरामा रहनुहुने चिकित्सकले पनि शुरुआती चरणमा पर्याप्त साधन स्रोतको अभाव झेल्नु परेको थियो तर केही दिन यता प्रदेशमा कोरोनाको सङ्क्रमण स्थिर देखिँदा अब यो रोगको सङ्क्रमण रोकिनेमा आसाको सञ्चार भएको छ ।
सुदूरपश्चिमका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी कोरोनाबाट जोगिन अपानाइएको उपाय अबलम्वन गर्दै मनोबल उच्च बनाएर काम गरेका कारण कोरोना थप फैलिन नपाइरहेको बताउछन्। थ्रोट स्वाबको नमूना सङ्कलन गरी राख्ने सामग्री ९भिडिएम०को अपर्याप्तता रहेकाले खरिदको व्यवस्था गर्न लागिएको, प्रदेशका विभिन्न अस्पतालमा गरी २० वटा भेन्टिलेटरको व्यवस्था गर्न र कैलाली, डोटी तथा बैतडीमा थ्रोट स्वाबको नमूना जाँच गर्ने पिसिआर मेशिन खरिद प्रक्रियासमेत शुरु गरिसकिएको मन्त्री सुवेदीले जानकारी दिए ।
सेती प्रादेशिक अस्पताल कोरोना उचार विभाग प्रमुख डा शेरबहादुर कमरले सङ्क्रमण स्थिर रहँदा र स्वास्थ्य सामग्री उपलब्ध हुँदा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई शुरुको अवस्थामा भन्दा अहिले चिन्ता र डर घट्दै गएको बताए । हाल नयाँ सङ्क्रमित नबढ्दा एक हिसाबले खुशी मान्नुपर्ने भए पनि कोरोनाको जोखिम अझै घटी नसकेको उनले बताए ।
“धेरैजसो व्यक्तिमा यो रोगको संङ्क्रमण हुने भए पनि लक्षण देखिँदैन”, डा कमरले भने, “लुकीछिपी नेपाल भित्रिनेबाट जोखिम अझै देखिन्छ ।” कोरोना भाइरसको रोकथामका लागि लुकिछिपी नेपाल भित्रिनेको खोजी गरी शङ्कास्पद व्यक्तिलाई परीक्षणको दायरामा ल्याउनुपर्ने, लकडाउनलाई अझै जारी राख्नुपर्ने, परीक्षणको दायरा अझै बढाउनुपर्ने सुझाव चिकित्सकको छ । चिकित्सा विज्ञानका लागि चुनौती बनेको कोरोनाको सङ्क्रमण बढ्ने वा रोकिने भन्ने विषयमा चिकित्सकले अनुमान लगाउन नसकिरहेको बताइन्छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: