बेइजिङ । चीनमा गएको २४ घन्टायता कोरोनाका छ जना नयाँ संक्रमित भेटिएको समाचारमा जनाइएको छ । तीमध्ये चार जना चीनभित्रै संक्रमित भएका व्यक्ति छन् भने अरु दुई जना विदेशबाट चीन गएका व्यक्तिमा देखिएको बताइएको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सो जानकारी दिएको छ । उक्त आयोगकाअनुसार चीनमा गएको २४ घन्टामा नयाँ मृत्यु भने भेटिएको छैन ।
उक्त आयोगले देशका ३१ प्रान्तबाट प्राप्त समाचारमा ८२ हजार ८०४ जना कोरोना भाइरसका कारण भएका विरामीको तथ्यांक पाइएको जनाएको छ ।
तीमध्ये पछिल्ला केही दिनमा मात्र ९१५ जना विरामी पाइएका छन् । तीमध्येका ५७ जना नागरिक गम्भीर स्वास्थ्य अवस्थामा रहेका पनि पाइएको सो समाचारमा उल्लेख गरिएको छ ।
साथै चीन सरकारले दिएको सो तथ्यांकमा ४ हजार ६३२ जना नागरिक कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको जानकारी गराएको छ । यहाँका विरामीहरुमध्ये ७७ हजार २५७ जना विरामी निको भएर घर फर्किएका छन् ।
साथै चीनको उक्त स्वास्थ्य आयोगले पछिल्ला दिनहरुमा चीनको हुबे प्रान्तको उहान शहरमा कोरोना भाइरसका नयाँ विरामी भेटिएका छैनन् भनेको छ ।
त्यसैगरी उता हङकङमा १ हजार ३५ जना नागरिक यस भाइरसबाट संक्रमित भएको बताइएको छ । त्यहाँ यस महामारीबाट ४ जनाको मृत्यु भएको जनाएको छ ।
विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा यस भााइरसको प्रकोपलाई महामारी भनेको थियो । अहिलेसम्म यस भाइरसबाट कम्तीमा पनि २७ लाख नागरिक संक्रमित भएका छन् ।
अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले दिएको जानकारीअनुसार यस प्रकोपबाट संसारका २०० भन्दा बढी देशमा कम्तीमा पनि १ लाख ९० हजार जनाको ज्यान गएको बताइएको छ ।
एएनआई
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: