Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

लकडाउन कायम राख्न गैरआवासीय नेपाली चिकित्सकको सुझाव

अमेरिका । नेपाल सरकारले अहिले गरेको बन्दाबन्दी (लकडाउन) को निरन्तरतालाई डा मोदास्सिर आलम सकारात्मक भन्छन् । विगत छ वर्षदेखि कतारको दोहामा कार्यरत सर्लाहीका चिकित्सक आलमको बुझाइमा विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा बढ्न नदिन लकडाउन नै प्रभावकारी माध्यम हुनसक्छ ।

स्वास्थ्य क्षेत्रमा अत्यावश्यक पूर्वाधारमा पूर्ण भएका देशले समेत सङ्क्रमण रोकथामलाई महत्व दिएको अवस्थामा नेपालले पनि यसबाट सिक्नुपर्नेमा जोड दिन्छन् । सामाजिक दूरी कायम गर्नका लागि लकडाउनले बल पुग्ने बताउने डा आलम नेपालले समयमै लकडाउन गरेकाले तुलनात्मक रुपमा सङ्क्रमण कम देखिएकाले यसतर्फ सबै गम्भीर हुन सुझाव दिन्छन् । तर लकडाउनसँगै जनतालाई अत्यावश्यक सेवा र खाद्यान्नको प्रत्याभूति गर्न र दुई/तीन महिनापछि आउनसक्ने समस्याप्रति पनि आवश्यक मात्रामा सचेत रहेर काम गर्नुपर्ने आवश्यकता देख्छन् ।

लकडाउनलाई व्यवस्थित गर्दै जानुपर्ने र पछि आउनसक्ने खाद्य सङ्कटप्रति पनि चिन्तन जरुरी रहेको उनकाे भनाइ छ । उनि भन्छन् “सुपरीवेक्षणको कामलाई पनि प्रभावकारी बनाउनुपर्दछ । लकडाउन भए पनि स्वास्थ्य उपचार सेवालगायतका अत्यावश्यक सेवालाई भने सञ्चालन राख्न आवश्यक छ ।”

नर्वेमा कार्यरत अर्का नेपाली चिकित्सक डा सुरज थापालाई पनि लकडाउनले केही समस्या आए पनि अहिले अर्को विकल्प छैन भन्ने लागेको छ । डा थापा २० वर्षदेखि नर्वेमा छन् । महामारीका रूपमा रहेको कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गर्न अपनाइने लकडाउनको प्रयासलाई गलत नबुझ्न पनि उनि आग्रह गर्छन् । विकासको हिसाबले र पूर्वाधारको व्यवस्थालाई हेर्दा सुसम्पन्न मुलुकहरु अमेरिका, इटली, स्पेन, फ्रान्स, चीनलगायतले पनि अहिले यसको सङ्क्रमण रोक्नुलाई नै चुनौतीका रूपमा लिएका छन् । ओस्लो युनिभर्सिटी अस्पतालमा कार्यरत काठमाडौँका डा थापा भन्छन् , “लकडाउन एक प्रकारले बाध्यताजस्तो नै बनेको छ तर लकडाउनसँगै सरकारले जनतालाई दिनुपर्ने आवश्यक सेवा र खाद्यान्नको प्रत्याभूति भने गर्नुपर्दछ ।”

जापानमा सेन्ट लुक इन्टरनेशनल युनिभर्सिटीमा सामुदायिक स्वास्थ्यमा विद्यावारिधि गरिरहेकी एलिजा केसी अधिकारीलाई कोभिड–१९ एक जनामा पुष्टि हुनेबित्तिकै नेपाल सरकारले लकडाउनको निर्णय गरेर सही गरेको लागेको छ । उनी विश्वका अन्य विकसित मुलुकको तुलनामा नेपालको स्वास्थ्य क्षेत्रमा पूर्वाधारको व्यवस्था न्यून रहेकाले पनि कोभिड–१९ को यो कठिन परिस्थितिमा सामुदायिक स्वास्थ्यको क्षेत्रमा सरकारले घोषणा गरेको लकडाउनको नीतिलाई गलत टिप्पणी गर्न नहुने बताउँछिन् ।

स्वास्थ्यप्रति जापान सरकार र जनता निकै सचेत छन् । गत तीन वर्षदेखि जापानमा बस्दै आएकी अधिकारी भन्छन्, “मास्क र हातमा पञ्जा नलगाउने व्यक्ति यहाँ भेटिँदैनन्, सबै सामाजिक दूरी बनाएर आफ्ना काम गर्ने गर्छन । तर यस्ता कार्यहरु नेपालमा हामीले गर्दैनौँ, यो अवस्थामा लकडाउन गर्नु नै नेपालका लागि अनिवार्यजस्तै देखिएको छ ।” उनि अस्पतालमा जाने अवस्था आउन नदिनेतर्फ नै सबैको जोड हुनुपर्ने भन्दै सबैले आफ्नो स्वास्थ्यप्रति संवेदनशील बनेर कोरोनाविरुद्धको लडाइँमा साथ दिनुपर्ने बताउँछन् ।

अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेको मेरिल्याण्ड स्टेट युनिभर्सिटीमा कार्यरत डा सुरेश बस्नेत लकडाउनको निरन्तरतासँगै जनजीवनलाई पनि व्यवस्थित गराउनेतर्फ जोड दिन नेपाल सरकारलाई सुझाव दिन्‍छन् । समयसँगै कोभिड–१९ को महामारीसमेत कम हुने र औषधिसमेत पत्ता लाग्ने तथा विश्व नै यसका विरुद्व लडिरहेकाले यो समयमा रोकथामका लागि नै राज्यको जोड रहनुपर्ने उनकाे भनाइ छ । डा बस्नेत लकडाउनसँगै परीक्षणको काम पनि तीव्ररूपमा गर्नुपर्ने बताउँछन् ।

जतिधेरै परीक्षण हुनसक्छ, त्यतिनै काम गर्न सजिलो हुने डा बस्नेत बताउँछन् । उनि भन्छन्, “नियमित बिरामीका साथै अहिलेको यो महामारीबीच कोभिड–१९ का बिरामी बढ्न पुगे स्वास्थ्य सेवामा चुनौती हुनसक्नेतर्फ सचेत हुनुपर्छ । स्वास्थ्य सेवामा दबाब कम गर्न र चिकित्सकलाई दबाब हुन नदिन प्रथम चरणमा नै बढी ध्यान दिनुपर्छ । कोभिड–१९ को सङ्क्रमण देखिए पनि आत्तिइहाल्न नहुने उनी बताउँछन‍् ।

अमेरिकाकै नर्थ क्यारोलिनामा रहेको केप फियर भ्याली अस्पतालमा कार्यरत डा भास्कर कुँवर क्षेत्री पनि लकडाउनलाई अहिलेको अवस्थामा बाध्यात्मक विकल्पकै रूपमा हेर्नुपर्ने बताउँछन् । समयमै लकडाउन हुँदा नेपालमा सङ्क्रमण फैलिन नपाएको बताउनुहुने रुपन्देहीका डा क्षेत्री रोकथामको प्रयासको रूपमा गरिएको यो लकडाउनसँगै दु्रतगतिमा परीक्षणको काम गर्न सुझाव दिन्छन् ।

चेन अफ कमाण्डमा रहेर यो अवधिमा काम गर्नुपर्ने उनी बताउँछन् । अहिले त नेपालमा तीन तहको सरकार छ, सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्ने हो भने भोलिका दिनमा आउन सक्ने अप्ठ्यारा पनि समाधान गर्न सकिन्छ उनी भन्छन् । रोकथामका साथै सङ्क्रमण देखिएकाहरुको स्वास्थ्यप्रति गम्भीर बन्नुपर्नेमा जोड दिँदै उपचार सेवाप्रति तथा लामो समयसम्म लकडाउन भएको खण्डमा मानिसमा यस कारण हुनसक्ने असरप्रति पनि सचेत बन्न आग्रह गर्छन‍् ।

गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को स्वास्थ्य विभागका प्रमुख डा सञ्जीव सापकोटासमेत अस्पतालमा जति कम बिरामी जाने अवस्था हुन्छ, त्यति नै अस्पतालमा कामको दबाब कम पर्ने भएकाले सबैको ध्यान कोरोना सङ्क्रमण हुन नदिनमा नै हुनुपर्ने बताउँछन् ।

विभिन्न देशमा कार्यरत नेपाली चिकित्सकहरुले नेपाल–भारत सीमासमेत खुला रहेकाले अन्तर्राष्ट्रिय हवाईसेवा बन्द गराउनुका साथै खुला सिमानाबाट हुनसक्ने आवातजावतमा समेत ध्यान दिन आग्रह गरेका छन् । लकडाउनका बीच पनि जनताको दैनिकीलाई ख्याल गर्न आग्रह गर्दै चिकित्सकहरुले अस्पताल बन्द नगर्न तथा त्यहाँबाट दिइने बहिरङ्ग सेवा पनि सञ्चालनमा राख्न अनुरोध गर्छन् । जोखिमको यस घडीमा निजी अस्पतालहरुलाई सरकारले उपयोग गर्नुपर्ने र ती अस्पतालको समेत दायित्व भएकाले त्यसप्रति गम्भीर बन्न सम्बन्धित सबैमा उनिहरुकाे आग्रह छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies