Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

कविता : परदेशीको पीडा

सुखको आश बिहानी साँझ नेपाली माटोमा
कमाउन धन नेपाली मन बिदेशको बाटोमा
गाउँघरको दुःख विदेशको सुख सबैले देख्याछन्
भोग्नेले मात्र हो रैछ साथी कहानी लेख्याछन्

जीवनको आश बाकसको लास कहानी सबैको
लुकेर रुन नमिल्ने रैछ साझा भो अझै त्यो
जिन्दगीदेखि नमान डर एउटाले करायो
नमान पिर भनेर गाथ्यो खोइ कता हरायो

तिम्रो त्यो मन आत्तियो होला झसङ्ग गरायो
दिएको तिम्ले त्यो जाले रुमाल खोइ कहाँ हरायो
लेखेको पत्र महिनौ भो तर पुग्यो कि पुगेन
त्यो मेरो पत्र छ थोरै पैसा निन्द्रा नै फुरेन

आत्तियो मन लेखौ त पत्र आइपुग्ने कहिले
कोरौला अर्को आउनेछ पत्र फर्किन्छ जहिले
आइपुग्यो खबर बिरामी आमा बिरामी छोरो छ
आफू नि उस्तै नभनौ भने आतमा ज्वरो छ

आमाको माया खरको छानो मनले मानेन
रोएर बिते रातहरु सारा आसुले मानेन
न बिदा पाउँछु न हिसाब पाउँछु आउछु है भन्या थे
कसरी भनौ ए प्यारा तिम्लाई पागल नै बन्या थे

गुमाए आमा दिएन बिदा पापी त्यो साहुले
मर्नेछ एक दिन श्राप लाग्ला केतु र राहुले
अनिदो बसि गरेको काम फजुल भयो नि
मेरो त्यो पासपोर्ट समातिकन खोसेर लग्यो नि

आमालाई सम्झी रोएथे झस्को प्यारीको मायाले
बाधेन हरे पापीको मन हिमाली छाँयाले
साथी है भनी पोखनी यौटा पहाडी ठिटो छ
पहाडी मान्छे सानो है तर बोली चै मीठो छ

गएर उस्ले पोखेछ दुस्ख आमा है बितेको
कत्ती है चाडो हत्त र पत्त पासपोर्ट झिकेको
थमाइ पैसा समाए पासपोर्ट कोठामा गएथे
साथी है भाई खुसिले होला हाँसी नै रहेथे

जाने हो घर भनी है आए झोला है भिरेर
साथी र भाइ सम्झदा दुख्यो कलेजा चिरेर
मोटरगाढी चढेर आए बस्नलाई जहाज
बाहिर हेरे छ कि साथी खोइ कहाँ छ

मेहेनतको फल शरिरको जल बेचेर कमाको
कसरी व्यक्त गरौँ खोइ प्यारा यो मन रमाको ल्ल

शहर पुगि ओर्लियो जहाज नेपाली माटोमा
फूल माला लिइ बसेका साथी कुरेर बाटोमा
फर्किए सङ्गै बसको माथी छतैमा बसेर
हिड्नु पर्ने उकालो बाटो लाम है कसेर

घर है पुगे नक्कले भाछु सङ्कामा उनी छिन्
हाँसेर मैँले भने ता पनि सुनेर रुनेछिन ।।

म : गुमाए आमा ए मेरि प्रीया टुहुरो भाको छु
तिम्रो मायाले सताउछ प्यारी दुब्लाउदै गाको छु

उनी : चाहिदैन केही गुनासो छैन अरु नि होलान भो
विदेशी मुन्छे पैसामा बिक्ने सबै थोक देलान भो

म: नभन प्यारी यसरी तिम्ले मेरो नि को छ र
तिमी हौ मेरि म नै हु तिम्रो फरक के छ र

उनी : बसेको किन सुखको आशमा आमालाइ भुलेर
जानेछौ भोलि मलाइ छोडी प्रदेश डुलेर

म : जाँदिन प्यारी तिमिलाई छाडी एक्लै यो घरमा
बस्नेछु सधै तिमिलाइ सम्झी म तिम्रै भरमा

उनी : नजानु प्रदेश छोडेर मलाई एक्लो यो जीवन
तपाईं बिना अधुरो हुन्छ हाम्रो यो मिलन

म: जानू ता पर्छ पुरुषले गर्न कमाउन देशमा
बस्नु नि प्यारी सम्हाली घर गाउँकै भेषमा

उनी : कुटुम्ब आउँछन् साथी नि आउँछन्
के-के है भन्दिन्छन्
एक्लो है घर म एक्लो मान्छे बिरानो बन्दिन्छन

म : नरुनु प्रीय म आछु हेर यो दर्द बुझ्न
तिम्रो र मेरो आँसु हो एउटै त्यो आँसु पुछ्न

उनी : स्रोएर कत्ती रात काटे प्यारातिम्रो त्यो यादमा
बसिदेउ सधै घरमा सङ्गै अब त साथमा

म : दुखिको घर सुखको मानो दिलाउँ म कसरी
झस्किन्छ मुटु चस्किन्छ छात्ती निदाउँ म कसरी

आँखाको जल पिएर प्रीया नगर बिदाई
आउनेछु सधैँ बनेर सुर्य दिलमा उदाई

नियाली हेर धडकन भित्र नाम मेरो पाउनेछौ
चिरेर हेर यो छात्ती भित्र तस्बिर भेटाउनेछौ

दुई मुटु जोडि लाएको माया अमर हुनेछ
यो हाम्रो जोडि छुटेछ भने आकाश नि रुनेछ

सम्हाली राख यो हाम्रो माया मनैमा साँचेर
गरिदेउ बिदाइ गुलाबको फूल र मुसुक्क हाँसेर

त्यो चन्द्र हेर चाँदनीसँग मुसुक्क हाँसेको
नबिर्स प्रीय तिमिले कहोल्यै पिरती गाँसेको

दुई मन मिलि लाएको माया अधुरो नछाड
आउनेछु एक दिन फर्केर प्रीया यो माया नमार ।।।।

(स्याङ्जा स्याथी घर भएका गौतम हाल दाेहा कतारमा छन्)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: