Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

दिल्लीका सरकारी अस्पतालमा ‘मिडिया सेल’ स्थापना गरिने

नयाँ दिल्ली । नयाँ दिल्लीमा रहेका सरकारी अस्पतालमा अबदेखि सञ्चारमाध्यमले कामगर्ने कार्यकक्ष (मिडिया सेल) राखिने भएको छ । मङगलबार नयाँ दिल्ली सरकारले यो आदेश दिएको थियो । नयाँ दिल्लीमा रहेका सबै सरकारी अस्पतालहरुले कोविड १९ बारेको समाचार र सूचना सम्प्रेषणका लागि यो आवश्यक रहेको भन्दै यहाँको सरकारले उक्त सेल स्थापनाको लागि आदेश दिएको थियो ।

सरकारको यो आदेशसँगै यहाँका अस्पतालहरुमा अब सूचना संकलन गरेर विस्तार गर्नका लागि यस्तो मिडिया सेलको स्थापना हुने भएको समाचारमा जनाइएको छ । यस्तो सेलबाट सम्पादन हुने सूचनाले सही रुपमा नागरिकसमक्ष कोभिड १९ बारेको जानकारी पुग्ने बताइएको छ ।

अहिले कोविड १९ का विषयमा सञ्चारमाध्यमहरुका साथै सामाजिक सञ्जालमा पनि विभिन्न खाले फरक फरक समाचार आएकोले नागरिकलाई दुविधा भएको भन्दै ती सबैखाले सूचनालाई एकै ठाउँबाट र सही मात्रामा सम्प्रेषण गर्ने यसले सहयोग पुग्ने दिल्ली सरकारले जनाएको छ ।

सोमबार नयाँ दिल्लीको एक सरकारी अस्पतालमा ज्वरो आएर पुगेका एकजना पुरुषलाई कोरोना भाइरसको त्रासले त्यहाँका चिकित्सकले उपचार गर्न नमानेको भिडियो सामाजिक सञ्जालमा आएको थियो । ती पुरुषलाई चिकित्सकले शुरुमा कोरोनाको त्रासले छुनै नमानेका र पछि उनी यसका संक्रमित भएको पुष्टि भएपछि उपचार नपाएको उनकी छोरीले बताएकी छिन् ।

आफ्ना बुबाले भारतको राजधानीजस्तो नयाँ दिल्लीकै सरकारी अस्पतालमा पनि उपचार नपाएको भन्दै बोलेको भिडियो यहाँका सामाजिक सञ्जालमा व्यापक मात्रामा प्रचार प्रसार गरिएको थियो ।
त्यसपछि यस रोगसम्बन्धी समाचारहरुलाई व्यवस्थित र विश्वास गर्न योग्य बनाउनका लागि यस्तो अलग्गै मिडिया सेलको स्थापना गर्न नयाँ दिल्ली सरकारले आदेश दिएको थियो । एएनआई

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending