Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

पत्रकारको प्रदेश सरकारलाई ध्यानाकर्षणपत्र

सुर्खेत । नेपाल पत्रकार महासङ्घ, कर्णाली प्रदेश समितिले कोरोना भाइरसको प्रकोपबाट प्रेस जगत् अछुतो नरहेकाले उचित ध्यान दिन कर्णाली प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीलाई बुधबार ध्यानाकर्षणपत्र बुझाउँदै समितिले भाइरसका कारण अन्तर्राष्ट्रियस्तरमा १३ पत्रकारले ज्यान गुमाइसकेको र नेपालमा पनि स्थलमा काम गर्ने पत्रकारलाई जोखिम बढ्दै गएको जनाएको छ । समितिका महासचिव दीपेन्द्र शर्माले कोभिड–१९ को असरका कारण प्रभावित कर्णालीका १० जिल्लाका पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन र त्यहाँ कार्यरत श्रमजीवी पत्रकारहरुको अवस्थाबारे अवगत गराउँदै जोखिम मोलेर नागरिकलाई सूचना दिने सञ्चारकर्मीको समस्या सरकारले बेलैमा बुझ्न आग्रह गरे ।

कानूनमन्त्री भण्डारीले प्रकोपसँग जुध्न पहिलो घेराका स्वास्थ्यकर्मी, दोस्रोमा सुरक्षाकर्मी र तेस्रोमा सञ्चारकर्मी रहेकाले सबैको सुरक्षार्थ सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले भने, “तीनवटै क्षेत्रका कर्मीहरु क्रियाशीलतका साथ यो माहामारीको अग्रमोर्चा रहेर काम गरेका छन् । तपाईंहरुको जीवन सुरक्षा गर्न सरकार प्रयत्नशील छ ।”

महासङ्घका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले माहामारीमा विज्ञानपनको स्रोत र बजार क्षेत्र कमजोर भएकाले आर्थिक सङ्कट आइलागेको र यसको प्रत्यक्ष मारमा श्रमजीवी पत्रकार नै परिरहेकाले तिनीहरुको सुरक्षा एवं सहयोगका राज्यको अभिभावकत्व आवश्यक रहेको औँल्याए ।

ध्यानाकर्षणपत्रमा बन्दाबन्दीमा पत्रकारसँग प्रेस पास हुँदा पनि प्रशासनले सहज आवतजावत गर्न नदिइएको, मास्क, स्यानिटाइजर, पञ्जालगायतका आवश्यक स्वास्थ्य सामग्रीको अभाव भएको, पत्रकारलाई पारिश्रमिक, घरभाडा, टेलिफोन, इन्टरनेट, विद्युत् महसुललगायतका अन्य खर्चसमेतमा महसुल छुट र राहत आवश्यक रहेको माग गरिएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies