Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

ढुवानीको असहजताका कारण टीकापुरमा औषधि अभाव

कैलाली । लकडाउनका बेला आपूर्ति सहज नभएका कारण कैलालीको टीकापुरमा औषधि अभाव देखिन थालेको छ । सरकारले अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै रोक नलगाएको भए पनि ढुवानीको असहजताका कारण औषधि अभाव देखिन थालेको औषधि व्यवसायी बताउँंछन् ।

“विशेष गरी दम, सुगर, प्रेसर, थाइराइड र मानसिक समस्या भएका बिरामीले सेवन गर्ने औषधिहरुको बजारमा अभाव देखिन थालेको छ”, टीकापुरस्थित चण्डीमाई मेडिकलका सञ्चालक तथा औषधि व्यवसायी टेकनारायण पौडेलले भने, ‘‘कोरोनाको संक्रमणका कारण भारतबाट आउनुपर्ने औषधिहरु आउन सकेको छैन ।’’

नेपालका औषधि उत्पादक कम्पनीले प्रायः आपूर्ति सहज हुने ठूला शहरमा मात्र बढी जोड दिएका कारण अन्त औषधिको अभाव देखिने अवस्था आएको व्यवसायीको गुनासो छ । औषधि व्यवसायी संघ टीकापुरका अध्यक्ष शंकर शर्माले लकडाउनका कारण आपूर्तिमा आएको असहजता, औषधि कम्पनीबाट नगद कारोवारको अनिवार्य प्रावधान लागु र आवश्यक औषधि आफैँ गएर ल्याउनुपर्ने जस्ता कारण बजारमा औषधिको अभाव देखिन थालेको बताए । ‘‘बजारमा औषधि अभाव भइसकेको छ । आफैंँ गएर औषधि ल्याउन पनि कठिन छ’’, अध्यक्ष शर्माले भने, ‘‘यस्तो बेलामा सरकारले सहज आपूर्तिको व्यवस्था गरिदिनुपर्छ ।’’

टीकापुर अस्पतालका मेसु डा जितेन्द्र कँडेलले अस्पतालले निःशुल्क बाँड्ने औषधिको माग पनि धेरै दिन थेग्नका लागि मौज्दात नभएको बताए । “अस्पतालले केही औषधि खरीदका लागि टेण्डर गरेको थियो तर देशमा विकसित नयांँ परिस्थितिका कारण आपूर्ति हुन नसकेकाले मौज्दात धेरै छैन”, मेसु डा कँडेलले भने, ‘‘अस्पतालले निःशुल्क बाँड्ने औषधिको अहिले नै संकट परेको त छैन तर धेरै दिनलाई थेग्ने गरी स्टक पनि छैन ।”

टीकापुर नगरपलिकाका प्रमुख तपेन्द्रबहादुर रावलले बजारमा अत्यावश्यक औषधि अभाव हुन नदिन आपूर्तिको सहजताका लागि सम्बन्धित निकायमा समन्वय गरिने बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies