Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

श्रीलङ्कामा कफ्र्यू आदेश उल्लङ्घन गर्ने २६ हजार व्यक्ति पक्राउ

कोलम्बो । कोरोना भाइरस सङ्क्रमणको प्रकोप विश्वव्यापी बनिरहेका समय नियन्त्रण तथा रोकथामका लागि मार्च २० पछि जारी गरेको निशेधाज्ञा (कफ्र्यू आदेश) उल्लङ्घन गर्ने २६ हजार व्यक्तिलाई देशभरबाट पक्राउ गरिएको श्रीलङ्काको प्रहरीले मङ्गलबार बताएको छ । प्रहरीले विगत २४ घण्टामा एक हजार ६०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको जनाइएको छ ।

सरकारद्वारा जारी निशेधाज्ञालाई उनीहरूले उल्लङ्घन गरेका प्रहरीको दावी छ । प्राप्त जानकारी अनुसार उनीहरूलाई निशेधाज्ञाको समयमा सडकमा अनावश्यक आवतजावत गर्ने, सार्वजनिक स्थानमा भेला हुने र रक्सी मद्यपान सेवन गर्ने, अत्यावश्यक काममा बाहेक रमाइलो वा घुमघामका लागि सडकमा सवारी साधन चलाउने, रेष्टुरेण्ट खुला राख्ने र सडकमा अभद्र तथा उद्दण्ड क्रियाकलाप गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको अधिकारीले बताएका छन् ।

प्रहरीले उक्त अवधिमा छ हजार ७०० सवारी साधनलाई पनि नियन्त्रणमा लिएको बताइएको छ भने पक्राउ परेका सबै जनालाई आगामी दिनमा स्थानीय अदालतहरूमा पुर्पक्षका लागि पेश गरिने बताइएको छ ।

श्रीलङ्काले मार्च २० देखि जारी गरेको कफ्र्यू आदेश खाद्यान्न तथा अत्यावश्यक सामग्रीको पुनःसञ्चय गर्नका लागि गत हप्ता एक दिन केही घण्टाका लागि खुला गरेको थियो ।

श्रीलङ्कामा मङ्गलबारसम्ममा २१८ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । यसमध्ये ५९ जना निको भएका छन् । अन्य १४२ जनाले सरकारद्वारा तोकिएको अस्पतालमा उपचार सेवा र निगरानीका लागि राखिएको छ । यहाँ हजारौँ विदेशबाट आएका वा विदेशबाट आएका व्यक्तिसँगको सम्पर्कमा आएका व्यक्तिलाई उनीहरूकै घर वा प्रशासनद्वारा स्थानीय स्तरमा निर्माण गरेका क्वारेन्टाइन केन्द्रमा राखिएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending