नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरसको सङ्क्रमण भारत विभिन्न राज्यमा फैलिने क्रममा कमी नआएपछि दुई हप्ताका लागि बन्दाबन्दी (लकडाउन) को अवधि थप्ने तयारीमा रहेको भारतीय अधिकारीहरूले बताएका छन् । प्रधानमन्त्रीले राज्य सरकारका मन्त्रीहरूसँग भिडियो सम्मेलनमार्फत शनिबार वार्ता गरेपछि ती राज्यका मुख्यमन्त्रीहरूले लकडाउन अवधि थप गर्नु पर्ने राय दिएका बताइएको छ ।
सम्मेलनमा प्रधानमन्त्रीले लकडाउन बढाउनु पर्ने वा नपर्ने भन्ने बारेमा कुराकानी गरेको बताइएको छ । सरकारले तत्काल घोषणा नगरेको तर अधिकारीहरूले प्रधानमन्त्री मोदीले आइतवारसम्म नयाँ घोषणा गर्न सक्ने बताएका छन् ।
प्रधानमन्त्री मोदीले लकडाउन गर्ने ‘सही निर्णय’ लिएका कारण भारतमा अन्य विकसित मुलुकको तुलनामा सङ्क्रमण फैलिने क्रम निकै न्यून रहेको र यसलाई व्यवस्थापनका लागि समय मिलेको एक अधिकारीले बताए ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्रीसँगको कुरापछि ट्वीटरमा भने, “प्रधानमन्त्रीले बन्दाबन्दी थप गर्ने सम्बन्धमा हामीसँग परामर्श गरेका छन् । आज धेरै विकसित देशहरू भन्दा भारतको अवस्था राम्रो छ किनकि हामीले बन्दाबन्दीको घोषणा समयमै गरेका थियौँ । यदि यो अहिले रोकियो भने अहिलेसम्म हाँसिल गरेका सबै उपलब्धि प्रभावहीन हुनेछन् ।”
भारतले तीन हप्ताका लागि गरेको लकडाउनको अवधि आगामी मंगलबार सकिनेछ । तर कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु सङ्ख्या बढ्दो क्रममा देखिएपछि भारतका २९ राज्य र क्षेत्रका धेरै मुख्यमन्त्रीहरूले सम्पूर्ण एक अर्ब ३० करोड जनसङ्ख्याका लागि थप केही हप्ता घरभित्र नै रहने निर्देशन ‘लकडाउन’ गर्न सुझाब दिएका थिए ।
दुई राज्य ओडिशा र पञ्जाबले पहिले नै थप करिब दुई हप्ता तालाबन्दी गर्ने तयारी गरेको अधिकारीहरूले बताएका छन् । आलोचकहरूले सङ्क्रमणलाई नियन्त्रणमा राख्न देशव्यापी बन्दाबन्दीको आवश्यक भएको बताएका छन् ।
भारतमा अहिलेसम्म करीव सात हजार ५०० व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र २४० जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको रिपोर्ट गरेका छन् । सरकारले कुनै पनि समुदायमा महामारीका रूपमा सङ्क्रमण नफैलिएको बताएको छ ।
रिपोर्टका अनुसार हिन्दू९राष्ट्रवादी सरकार अर्थव्यवस्थामा अन्तर्रा्ष्ट्रिय उडानमा प्रतिबन्ध र प्रतिबन्धको प्रभावबाट चिन्तित छ जुन महामारीको स दभ्क्रिमण हुनुभन्दा अघि नै सुस्त थियो।
गत तीन हप्तामा लाखौं मानिसहरूको रोजगारी गुमेको छ लकडाउनका कारण कतिपय क्षेत्रमा श्रमिकहरू पैदल हिँडेर लामो दूरीको यात्रा गर्दै आफ्नो गाउँतिर गइरहेका भारतीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत भिडियोहरू सार्वजनिक भएका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: